धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुने विद्यार्थीहरुलार्ई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक्य प्रथम भएकी थिइन् । उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
विद्यार्थीहरुलाई डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले सम्मान गरेका थिए ।
रोदन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् ।
ती अधिकांश प्रतियोगिताहरुमा उनले पुरस्कार जितिरहेको पनि प्रिन्सिपल राईले जानकारी दिए । उनका अनुसार रोदनले हालसम्म विभिन्न ७ ठाउँमा भएको प्रतियोगितामा जितिसकेका छन् । उमेर समुह यु १७ मा रोदनले सफलता हासिल गरिसकेहा छन् ।