विजेतालाई सम्मान

  • मंसिर २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
एकेडेमीले खेलकुद प्रतियोगितामा विजेता बनेका आफ्ना खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

हिसान स्पोट्स मिट २०७९ मा ब्याडमिन्टन र टेबलटेनिसमा प्रथम हुने विद्यार्थीहरुलार्ई सुनाखरीले सम्मान गरेको हो । ब्याण्डमिन्टन खेलमा रोदन राई प्रथम भएका थिए भने टेबलटेनिसमा श्रेया शाक्य प्रथम भएकी थिइन् । उनीहरुलाई सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।

विद्यार्थीहरुलाई डाइरेक्टर प्रदीप राई, प्रिन्सिपल मिलनकुमार राई, प्लस टु कोअर्डिनेटर तपकुमार राईलगायत शिक्षकशिक्षिकाहरुले सम्मान गरेका थिए ।
रोदन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पनि विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन् ।

ती अधिकांश प्रतियोगिताहरुमा उनले पुरस्कार जितिरहेको पनि प्रिन्सिपल राईले जानकारी दिए । उनका अनुसार रोदनले हालसम्म विभिन्न ७ ठाउँमा भएको प्रतियोगितामा जितिसकेका छन् । उमेर समुह यु १७ मा रोदनले सफलता हासिल गरिसकेहा छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved