चिलिमकोट चिया बगानमा चियाको पत्ति टिपाई

  • पुस १, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम / चियाको हरियो पत्ति टिप्ने काम यति वेला खासै हुँदैन । चैत्र वैशाखमा फस्ट फल्सबाट चिया टिपाई सुरु गरेर कात्तिकमा अन्तिम टिप्ने गरिन्छ । यस बेला धेरै जसो ठाउँमा चियाको कटिङ हुने गरेता पनि इलामको चिलिमकोट चिया बगानमा भने चिया टिपाई भइरहेको छ ।

हिउँदको समय सुख्खा लाग्ने र धेरै चीसोको कारण चिया उत्पादन हुने नहुने हुँदा यो समयलाई चियाको अफ सिजिन मानिन्छ । चियाको अफ सिजनमा पनि शोक्तिम र चिलिम कोट चिया बगानमा भने हरियो पत्तिको टिपाई भइरहेको छ । सुवास संघाईले ५० वर्षका लागि लिजमा लिएका इलामका चार वटा चिया बगान मध्ये दुई वटा चिया बगानमा यति बेला पनि हरियो पत्ति उत्पादन भइरहेको हो भने इलाम र कन्याम चिया बगानमा भने हरियो पत्ति उत्पादन भएको छैन ।

शोक्तिम र चिलिम कोट चिया बगान तराई भू भाग जस्तै समथर रहेको र स्प्रिङ कलबाट पानि छिट्न सकिने भएको कारणले पनि यहाँ चिया उत्पादन भएको चिलिम कोट चिया बगानकी मजदुर प्रमुख रिता पाण्डे बताउँछिन् । ‘यति बेला चिया टिपाइको अफ सिजन हो तर पनि यहाँ पानी र मल हालेको कारण चियाको पत्ति टिप्ने भएको छ’ पाण्डे भन्छिन्, सिजनमा त धेरै राम्रो चिया आउने हुन्छ तर अफ सिजनमा पनि राम्रै चियाको पत्ति उत्पादन भइरहेको छ ।’ चियाको बुस्ट र ट्रिटमेन्टलाई कसरी राखिएको छ त्यसको आधारमा चिया उत्पादन हुने चिलिमकोटका मेनेजर गुरुप्रसाद मैनाली बताउँछन् ।

उनले भने, ‘यस बेलाको पत्तिबाट चियाको उत्पादन र क्वान्टिटमा ह्रास आउने भए पनि क्वालिटिभने कम हुँदैन ।’ अबको १० देखि १५ दिन सम्म यहाँ चिया टिप्न सकिने मैनालीको भनाई छ । यहाँ दैनिक जसो १५ सय देखि दुई हजार किलो चिया उत्पादन हुने गरेको छ । यस बगानमा जम्मा ७३ जना मजदुर रहेका छन् । इलामका इलाम,कन्याम, शोत्तिम र चिलिम कोट चार वटा चिया बगान ५० वर्षका लागि लिजमा लिएर सुवास संघाईले सञ्चालन गरिरहेको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved