इटहरी चौकमा जडान भयो ट्राफिक लाइट "जेब्रा क्रसिङ नबनाइदिँदा दुर्घटनाको जोखिम"

  • मंसिर २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / काठमाण्डौबाहिर पहिलो पटक सुनसरीको इटहरीमा ट्राफिक लाइट जडान गरियो । तर चौकका चारैवटै बिन्दुमा जेब्रा क्रसिङ नहुँदा आवातजावतमै समस्या हुने गरेको छ । जसका कारण मुख्य चौक क्षेत्र भएर आवतजावत गर्ने सवारी साधन र यात्रुहरुको चापलाई व्यवस्थापन गर्न जडान गरिएको ट्राफिक लाइटको संकेत अनुसार सवारी साधन नरोकिँदा यसले दुर्घटनाको जोखिम निम्त्याइरहेको छ ।
चौरास्तामा पर्ने इटहरी चौकमा ट्राफिक लाइट जडान त गरिएको छ, तर ट्राफिक लाइटको संकेत अनुसार न त सवारी साधन रोकिन्छन्, न त यात्रुहरु नै निश्चित ठाउँबाट बाटो काट्छन् । कारण हो इटहरी मुख्य चौकको चारैतर्फ जेब्रा क्रसिङ नहुनु ।

पूर्व पश्चिम राजमार्ग र कोशी राजमार्गको संगम स्थल हो इटहरी मुख्य चौक । लामो दूरी तय गर्नेदेखि लिएर सानो दूरीका सैयौ सवारी साधन इटहरी मुख्य चौक भएर आवतजावत गर्ने गर्छन् । प्रदेश १ कै व्यापारिक केन्द्रको रुपमा परिचित इटहरी मुख्य चौकमा दैनिकी हजारौ सवारी साधन र यात्रुहरु आवतजावत गर्ने गर्छन् । इटहरी चौकमा हुने सवारी साधन र यात्रुको चाप व्यवस्थापनका लागि आकाशे पुल निर्माणको कुराले प्राथमिकता पनि पायो तर यो सम्भव भएन ।

अन्ततः विकल्पको रुपमा ट्राफिक लाइट जडान गरियो । केही समय अगाडि भव्य कार्यक्रमका बीच प्रदेश १ का म्ुख्यमन्त्री राजेन्द्रकुमार राईले गत साउन ४ गते लाइट उद्घाटन पनि गर्नुभयो । तर ट्राफिक लाइटका चारैवटै बिन्दुमा जेब्रा क्रसिङ नहुँदा ट्राफिक लाइट नै बेबारिसे झैँ भएको यात्रुहरुको गुनासो छ ।

जथाभावि सवारी रोक्ने, यात्रुहरुले पनि जथाभावि बाटो काट्नाले दुर्घटनाको जोखिम अझ बढ्दै गएको देखिन्छ । ‘जेब्रा क्रसिङ छैन, लाइट क्लियर देखिदैन, रातो बत्ती बलिसकेपछि गाडी रोकिनु पर्ने रोकिदैन, कहाँबाट बाटो क्रस गर्ने भन्ने अन्यौल छ, यसले गर्दाचाहिँ समस्या हुन्छ’ इटहरी शान्तिचौककी मुना पौडेल बताउँछिन् ।

उनले यसले ठूलो समस्या निम्त्याउन सक्ने बताइन् । उनले भनिन्–‘ट्राफिक लाइटको वेवास्ता गर्दै सवारी साधन चलाउने, जथाभावि बाटो काट्ने प्रवृत्तिले ठूलो दुर्घटना निम्तयाउन सक्ने सम्भावना धेरै छ ।’
ट्राफिक लाइट भए पनि लाइट अनुसार सवारी साधन नचलाउदा समस्या हुने इटहरी १० का रमेश गुरागाई बताउँछन् । उनले व्यवस्थित जेब्रा क्रसिङको व्यवस्था गर्न सम्बन्धित पक्ष गम्भीर हु्नुपर्ने उनले सुनाए । उनले अव्यवस्थित रुपमा राखेको ट्राफिक लाइट राखेजस्तो मात्र भएको नियम पालनामा फितलो भएको बताए ।

उनले भने–‘जेब्रा क्रसिङ छैन, सवारी साधनले पनि लाइटको वेवास्ता गरेका छन्, लाइट राखिस् भन्दा राखे भन्ने जस्तो मात्र छ ।’
मुख्य चौकबाट उत्तरतर्फ कान्छा कन्ट्रक्सन र दक्षिणतर्फ भूमि कन्ट्रक्सनले ५ लेनको बाटोको निर्माणको जिम्मेवारी पाएको छ । सम्झौता अनुसार जेब्रा क्रसिङ, टाली, ब्लक निर्माणको जिम्मा कम्पनीले लिएको छ । तर आज भोलि भन्दा भन्दै महिनौदेखि कम्पनीहरुले अल्झाई रहेको इटहरी उपमहानगरपालिकाको आरोप छ ।

नगरले जेब्रा क्रसिङ बनाउँदा फेरि कन्ट्रक्सन कम्पनीले अलकत्र हालिदिने जस्ता कारण देखाएर लागत खेर जाने भन्दै सडक विभागलाई गुहार्नु भन्दा बाहेक अर्को विकल्प नरहेको इटहरी उपमहानगरपालिका ६ का वडाध्यक्ष दिवस पोख्रेल बताउँछन् ।

उनले भने–‘पहिला ६ लेन निर्माण गर्ने कम्पनीले बाटो कम्प्लेट गर्दिउन, जेब्रा क्रसिङ बनाउँछौ भनेको कारणले जेब्रा क्रसिङको काम ढिला भएको हो ।’ उनले भने–‘कम्पनीले सम्झौतामा जेब्रा क्रसिङसहित छेउताउमा टाली लगाउनेदेखि सबै कुरा गर्ने कुरा रहेको छ, केही समय अगाडि उनीहरुलाई प्रेसर गर्दा गर्दा धरानरोडतर्फ थोरै काम भयो, विराटनगर लाइनतर्फ केही काम भएको छैन,उहाँहरुलाई हामीले धेरै पटक भनिसक्यौ, ट्राफिक लाइट राखिसकेपछि त्यसको भोलिपल्टदेखि नै जेब्रा क्रस हुनुपर्ने, जेब्रा क्रस छैन ।’

प्रदेश १ कै व्यस्त इटहरी चौक भएर आवतजावत गर्ने सैयौ यात्रु र सवारी साधनको चाप व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइट जेब्रा क्रसिङ नै नहुँदा लाइटको प्रभाविकारितामाथि प्रश्नचिन्ह उठेको छ । सडक निर्माणको जिम्मा पाएका कस्ट्रक्सन कम्पनीहरुले समयमै आफ्नो जिम्मेवारी निर्वाह नगर्दा यात्रु र प्रदेश १ कै व्यस्त इटहरी चौक भएर आवतजावत गर्ने सैयौ यात्रु र सवारी साधनको चाप व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइट जेब्रा क्रसिङ नै नहुँदा लाइटको प्रभाविकारितामाथि प्रश्नचिन्ह उठेको छ ।

सडक निर्माणको जिम्मा पाएका कस्ट्रक्सन कम्पनीहरुले समयमै आफ्नो जिम्मेवारी निर्वाह नगर्दा यात्रु र सवारी साधन मारमा परेका छन् ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved