साम्पाङको अभिव्यक्तिप्रति आयोगको आपत्ति : ‘दलित लक्षित हैन’–साम्पाङ

  • मंसिर २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अभिव्यक्तिप्रति दलित समुदायले आपत्ति जनाएका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालमा पोष्टाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे’ भन्ने अभिव्यक्ति दिएका थिए ।

Harka sampang status pic

 

सो अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्ती बुधबार सार्वजनिक गर्दै नगरप्रमुख जस्तो जिम्मेबार पदमा बसेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेशबुक वालमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे’ भन्न अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगको गम्भीर ध्यानाकषण भएको छ । जनताको प्रमुख र स्थानीय सरकारको प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यत्तिले सविधान, प्रचलित मूल्य मान्यता, र अन्तर्राष्ट्रिय मानव अधिकारको भावना र मर्म विपरीत यस्ता साम्पादायिक र कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकरात्मक असर पर्ने भएकोले धरानका नगरप्रमुखलाई उक्त अभिव्यक्ति सच्याई दलित सम्प्रदायमाथि पर्न गएको चोटकालागि आत्मालोचना गर्न अनुरोध गर्दछौं ।’

Ratiya dailt aayog

उनले मंगलबार उक्त अभिव्यक्ति पोष्ट गरेका थिए । सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति पोष्ट गर्न नपाउँदै उनको विरुद्धमा सरोकारवाला पक्षहरुले कमेन्टमार्फत विरोध जनाएका थिए । सो अभिव्यक्तिको विषयमा विहीबारसम्म ९५ वटा कमेन्ट र ५ शेयर भएको थिया कमेन्टमा अधिकांशले मेयर साम्पाङलाई सार्वजनिक पदको गरिमा राखेर शब्द चयन गर्न सुझाव दिएका छन् । कमेन्ट गर्ने अधिकांशले मेयर साम्पाङप्रति ध्यानाकर्षण गराएका थिए । कमेन्ट गर्दै धरानका शिव उदासले सार्वजनिक पद धारण गरिसकेपछि हरेक शब्द चयन गर्न ध्यान दिनपर्ने सुझाव दिएको थिए । यस्तै कमेन्टमा बिमल कान्छा बाग्लुङले सार्वजनिक पदमा बसेका व्यक्तिले सोचेर बुझेर लेख्न आग्रह गरेका थिए । कमेन्ट गर्ने केहीले भने चमार पनि नेपाली जनता भएकोले मानमर्दन गर्न नहुने सुझाव दिएका थिए । साम्पाङको स्टाट्सप्रति इंगित गर्दै एकबहादुर विश्वकर्मा चमारकै भोटले मेयर बनेका साम्पाङलाई सबै जातजाति एकै भएकोले सबैको सम्मान गर्न सुझाव दिएका थिए । यसैगरी दिपेन्द्र नेपालीले साम्पाङले पोष्ट गरेको अभिव्यक्तिप्रति सार्वजनिक पदमा रहेका व्यक्तिले कसैको मानहानी हुने खालका अभिव्यक्ति नदिन सुझाव दिएका छन् ।

आयोगको ध्यानाकर्षण र सर्वसाधारणले दिएको स्ुझावपश्चात मेयर हर्क साम्पाङ पुन २८ गते पटक पटक अर्थ प्रष्ट्याउदै आफ्नो फेशबुकमार्फत वास्तविक रुपमा दलितको अपहेलना नगरेको जनाएका छन् । उनले पछिल्लो पटक पोष्ट गरेको स्टाटसमा भनेका छन्,–‘चमारे भनेको कुनै थर छ र ? चमार भन्ने पो त होइन र ? नहुने कुरा नगरौ है साथी हो ।’ यस्तै उनले अर्को स्टाटासमा ‘मैले बोलेको कुरा दलित समुदायले आफुलाई भनेको जस्तो गरी लिनु हुँदैन है साथी हो ! म त दलित भन्ने शब्द नै हटाउनु पर्छ भन्ने मान्छे ! काँं यो शब्दलाई पालेर बस्नु भन्या ।’ यस विषयमा मेयर साम्पाङसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved