सन्देश तिम्सिना दुबई । दुबईमा सम्पन्न फिनटेक सम्मेलन २०२५ मा दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुपले सह– साझेदारको रूपमा गौरवपूर्ण सहभागिता जनाएको छ। यो सम्मेलन संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा अर्थमन्त्री महामहिम शेख मक्तूम बिन मोहम्मद बिन राशिद अल मक्तूमको संरक्षणमा आयोजित भएको थियो। ग्रुपको सहभागिताले युएईमा रहेका नेपाली दक्ष व्यक्तिहरूको योगदानलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन सहयोग पुगेको छ। वित्तीय प्रविधि, नवप्रवर्तन र प्रविधिमैत्री भविष्यको निर्माणमा यो सहभागिता नेपाली समुदायका लागि एक प्रेरणादायी उपलब्धि मानिएको छ । समूहका संस्थापक मनोज महरट्टाले भने, “यो उपलब्
इलाम ।धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मैले श्रमदान जहाँबाट थालेको छु इलाममा अब मैले थालनी गरेको ठाउँमा भन्दा धेरै श्रम दान हुन्छ भन्ने विश्वास रहेको बताए । स्वतन्त्र नागरिक समाज इलामले बिहीबार इलाम चोक बजारमा आयोजना गरेको कार्यक्रममा उनले हामी नयाँ सोचमा छौ तर व्यवस्था अनुसार कानुन बनाउने ठाउँमा जाँदा हामी चुनाव लडेरै जानु पर्छ । कानुन बनाउने ठाउँमा पुगेपछि हप्तामा चार दिन मात्रै कार्यालय र विद्यालय खुला हुन्छ अरू दिन श्रम दान चल्छ’ उनले भने श्रमदानबाट कृर्षिमा परिवर्तन गर्न सकिन्छ । उनले आफू नेता नभएको र खासै बोल्न आउँदैन भन्दै मेरो मुखबाट निस्कने शब्द जनताका दुख र सपनाहरू
धरान/ प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिरसम्म निर्माणाधीन केबलकार परियोजना अब कानुनी अड्चनबिना अगाडि बढ्ने भएको छ। सर्वोच्च अदालतले परियोजनालाई रोक्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि निर्माण कार्य अघि बढ्ने बाटो खुलेको हो। न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट निवेदकले उठाएका तर्कमा परियोजना तत्काल रोक्नुपर्ने प्रष्ट कानुनी आधार नभएको ठहर गरेको हो। रिट निवेदकले केबलकारले पाथीभरा मन्दिरको धार्मिक, सांस्कृतिक र वातावरणीय महत्वमा असर पार्न
काठमाडौँ/ नेपाली सुनचाँदी बजारमा बिहीबार (जेठ १ गते) उल्लेखनीय गिरावट देखिएको छ। एकैदिन छापावाल सुनको मूल्य तीन हजार ५०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि ३५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन, बुधबार सुन एक लाख ८५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेर आज एक हजार ९२५ रुपैयाँमा झरेको छ। बुधबार यसले एक हजार ९६० रुपैयाँको दर कायम गरेको थियो। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको माग
पाँचथर/ पाँचथरको फिदिम नगरपालिका–११ स्थित एक माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्राले शौचालयमै शिशु जन्माएको घटना सार्वजनिक भएपछि गाउँमा सनसनी फैलिएको छ। घटना मंगलबार राति फिदिमको लप्सिबोटेमा भएको हो। आफन्तको घरमा बस्दै आएकी ती किशोरीले शौचालयभित्रै शिशु जन्माएकी थिइन्। जन्मेको शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए। घटनापछि अत्यधिक रक्तस्राव भएकोले ती किशोरीलाई तत्कालै पाँचथर अस्पताल भर्ना गरिएको छ। शिशुको शव पोष्टमार्टमका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शिशुको
इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भनेर नारा लगाइए पनि त्यसअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा किसानको जीवनस्तर उकासिन सकेको छैन। तर इलामको रोङ गाउँपालिकाले भने स्थानीय कृषि उत्पादनलाई प्राथमिकतामा राख्दै किसानमुखी योजनाहरू अघि बढाएको छ। गुन्द्रुक, सिन्की, मह र बेसारजस्ता स्थानीय उत्पादनको सफल बजारीकरणपछि गाउँपालिकाले ‘गुरु किसान’ कार्यक्रम सुरु गरेको हो। ‘गुरु किसान व्यवस्थापन कार्यविधि–२०८०’ अनुसार छनोट गरिएका १२१ जना नमुना किसानलाई हालै ‘गुरु किसान’ घोषणा गर्दै उनीहरूलाई पोशाक र झोला प्रदान गरिएको छ। गुरु किसानहरूले अरू किसानलाई
काठमाडौं/ प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले साउदी अरबको जुवेल सहरमा कम्पनी बन्द भएपछि अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार सेन्ड्रन इन्टरनेसनल कम्पनी लिमिटेड बन्द हुँदा ४६९ नेपाली कामदार रोजगारविहीन भएका छन्। तीमध्ये २२६ जना नेपाल फर्कन चाहेका छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीको वातावरण मिलाइदिन आग्रह गरेका छन्। “कामविहीन भएपनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्। उनीहरूलाई खानाको अभाव छ, बिरामी हुँदा उपचार पनि पाएका छैनन्,” बर्तौलाले भने। उनका अनुसार ती कामदारले दुईद
विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षासम्बन्धी निकायलाई ३० दिनभित्र अनुभूति हुने गरी तस्करी रोक्न कडा निर्देशन दिएका छन्। बुधबार विराटनगरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रमा भइरहेको तस्करीले अपराध वृद्धि र राजस्व ह्रास गराएको भन्दै तत्काल कारवाहीको तयारी गर्न भनेका हुन्। “तस्करी तुरुन्त रोक्नुहोस्, यसको लागि एक्सन प्लान बनाउनुहोस्,” गृहमन्त्री लेखकले भने, “सीमा क्षेत्रमा हुने तस्करीले राज्यको राजस्व घटाएको छ, अपराध बढाएको छ र केही मानिस गैरकानुनी रूपमा रातारात धनी हुने अवस्था सिर्जना गरेको छ।” गोष्ठीमा कोशी
काठमाडौं/ काठमाडौंको बागबजारस्थित एक गेस्ट हाउसमा युवतीको बलात्कारपछि हत्या गरिएको अभियोगमा एक जना भारतीय भूपू सैनिक पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति रामचन्द्र पन्त रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ। गत चैत ११ गते बागबजारको एक गेस्ट हाउसको कोठामा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका पन्तलाई प्रहरीले पक्राउ गरेको हो। उनी घटना बेलामा मृतक युवतीसँगै सोही गेस्ट हाउसमा बसेका थिए। पोष्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएपछि अनुसन्धान तीव्र बनाइएको र विभ
मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट तीन जना बालबन्दी फरार भएका छन्। सोमबार दिउँसो साढे दुई बजे भएको फरार घटनाले सुधार गृहको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। फरार हुनेहरू उदयपुर, झापा र ताप्लेजुङका १७ देखि १८ वर्ष उमेर समूहका बालक हुन्। उनीहरूमध्ये उदयपुरका एक जनालाई जवरजस्ती करणी अभियोगमा अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो। ती बालक सुधार गृहमा तीन वर्षदेखि रहेका थिए। बाँकी दुई जना झापा र ताप्लेजुङका बालक पाँच महिनाअघि मात्र पुर्पक्षमा सुधार गृहमा राखिएका थिए। घटनाबारे जानकारी पाउनेबित्तिकै मोरङ प्रहरीले खोजी कार्य सुरु गरेको छ। जिल्ला प्रहरी कार्