पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ।

अख्तियारले बिहीबार नेपालसहित १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि प्रतिनिधिसभाका सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री नेपालको पद स्वतः निलम्बनमा परेको हो।

नेपालको इतिहासमा पहिलोपटक कुनै पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो। साथै, मन्त्रिपरिषद्को निर्णयका आधारमा भ्रष्टाचार मुद्दा चलेको पनि पहिलोपटक हो।

पूर्वप्रधानमन्त्री नेपाल प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद् बैठकमार्फत पतञ्जली समूहलाई जग्गा सट्टापट्टा गरी अवैध रूपमा लाभ दिएको आरोपमा आयोगले अनुसन्धान अघि बढाएको थियो। सोही निर्णयका कारण राज्यलाई नोक्सान पुगेको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

यस प्रकरणले राजनीतिक वृत्तमा तरंग ल्याएको छ भने कानुनी र संवैधानिक पक्षमा समेत बहस सुरू भएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved