घरभित्र अवैध भरुवा बन्दुक फेला, दुई जना पक्राउ

  • जेठ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलस्थित एक घरभित्र अवैध भरुवा बन्दुक फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय केराबारीका अनुसार विशेष सूचनाका आधारमा बिहीबार राति करिब १०ः३० बजे वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बाको नेतृत्वमा टोलीले धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो।

घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर लुकाइएको अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बन्दुक फेला परेपछि प्रहरीले घरधनी श्रेष्ठका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved