सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी इमामी लिमिटेडले आफ्नो लोकप्रिय उत्पादन नवरत्न तेलको प्रत्यक्ष अनुभव प्रदान गर्न सुरु गरेको महत्वाकांक्षी अभियान ‘नवरत्न बीट मसाज २०२५’ सुनसरी जिल्लामा सञ्चालनमा आएको छ।
जेष्ठ ११ गतेदेखि सुरु भएको ७० दिने यो अभियान साउन १७ सम्म नेपालको तराई क्षेत्रका २४ जिल्लामा केन्द्रित हुनेछ। अभियानअन्तर्गत जेष्ठ २२ गते इनरुवा बजारमा र जेष्ठ २३ गते ईटहरीस्थित भाटभाटेनी सुपरमार्केटमा उपभोक्ताहरुलाई सैलुन र मोबाइल स्टलमार्फत निःशुल्क २ मिनेटको ‘ठण्डा–ठण्डा कुल कुल’ हेड मसाज गराइएको थियो।
अभियानका क्रममा ३०० भन्दा बढी ब्रान्डेड सैलुनहरू र ६० वटा मोबाइल स्टलमार्फत नवरत्न तेलको प्रयोग गरी प्रतिदिन हजारौं उपभोक्तालाई राहतको अनुभूति गराउने लक्ष्य लिइएको छ।
नौ आयुर्वेदिक जडिबुटीको संयोजनबाट बनेको नवरत्न तेलले टाउको दुखाई, शरीर दुखाई र मानसिक तनाव कम गर्न मद्दत गर्ने कम्पनीको दाबी छ।
इमामी लिमिटेडका ब्रान्ड म्यानेजर विकास तिवारीका अनुसार, “नवरत्न बीट मसाज २०२५ मार्फत हामी उपभोक्तालाई केवल दुई मिनेटमा राहत र ताजगीको अनुभव गराउनेछौं। यस अभियानले ब्रान्ड र प्रयोगकर्ताबीचको सम्बन्धलाई अझ बलियो बनाउनेछ।”
अभियानका लागि खटिएका दुई टोलीले दैनिक १०० किलोमिटरभन्दा बढी यात्रा गर्दै अन्तरक्रियात्मक स्टल, सार्वजनिक घोषणाहरू, ‘२ मिनेट च्यालेन्ज’, ‘कूल कूल पर्फमेन्स’ जस्ता क्रियाकलापमार्फत उपभोक्तासँग प्रत्यक्ष जोडिनेछन्।
अभियानले १२,००० भन्दा बढी ‘वेट स्याम्पलिङ’ (प्रत्यक्ष मसाज) र ३०,००० भन्दा बढी ‘ड्राई स्याम्पलिङ’ (स्यासे वितरण) मार्फत ६०,००० उपभोक्तासम्म पुग्ने अपेक्षा गरिएको छ।
नवरत्न तेलको नारासमेत सन्देशपूर्ण छ: ‘कूल कूल नवरत्न, जुनसुकै बेला, जहाँपनि।’