मेचीनगरको समग्र विकासका लागि संघीय सरकारबाट ५० करोडभन्दा बढीको बजेट विनियोजन

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

झापा/  मेचीनगर नगरपालिकाको समग्र विकासका लागि संघीय सरकारबाट चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ५० करोडभन्दा बढीको बजेट विनियोजन गरिएको छ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा संघीय सरकारले नीति तथा कार्यक्रमसहितको बजेटमार्फत विभिन्न १३ शीर्षकमा बजेट छुट्याएको हो।

नगर प्रमुख बुढाथोकीका अनुसार मेचीनगरका विभिन्न सडक स्तरोन्नति, झोलुङ्गे पुल निर्माण, दाहसंस्कार स्थल, तथा नयाँ पुल निर्माणका लागि बजेट विनियोजन भएको हो। यहाँ उल्लेख गरिएका केही मुख्य योजनाहरू यसप्रकार छन्:

  • सडक स्तरोन्नति (प्रत्येक शीर्षकमा ३ करोड बजेट):

    • मेचीनगर–१२: भद्रकाली चोकदेखि कालीझोडासम्म
    • मेचीनगर–२: भानु माविबाट तितरी चोक हुँदै दीपज्योती चोकसम्म
    • मेचीनगर–१४: धाइजन चोकदेखि कृष्ण आधारभूत विद्यालयसम्म
    • मेचीनगर–१२: शहर डाँगी देवी मार्ग–श्रीजंगा मार्ग
    • मेचीनगर–६: भट्टराई चोकदेखि दुर्गा मन्दिरसम्म २ किमी सडक
    • मेचीनगर–९, १०, ११: धुलाबारी बजारदेखि मंगलीसम्म
  • अन्य मुख्य योजनाहरू:

    • मेचीनगर–४: आलडाँगी गणेश मन्दिरदेखि प्रधान चोकसम्म सडक स्तरोन्नति (२ करोड १२ लाख ३० हजार)
    • मेचीनगर–११: दाहसंस्कार स्थल निर्माण (१३ करोड)
    • मेचीनगर–१३: बांगे पुल नयाँ निर्माण (३ करोड)
    • मेचीनगर–१५: निन्दा नदी झोलुङ्गे पुल (३ करोड)
    • भद्रपुर–९ देखि मेचीनगर–१५: नयाँ पुल निर्माण (४ करोड)
    • मेचीनगर–१२: श्रीजंगा मार्ग सडक निर्माण (३ करोड)
    • ज्यामिरगढी–गुवालगाउँ: मेची नदीमा झोलुङ्गे पुलको डीपीआर तथा अध्ययन (५ लाख)

बजेट सुनिश्चित गर्न नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, एमाले नेताहरू विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, राजु कार्की लगायतले काठमाडौँ पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, अर्थमन्त्री विष्णु पौडेल, तथा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालसँग छलफल गरेका थिए। बजेटले मेचीनगरको पूर्वाधार विकासमा नयाँ गति थप्ने अपेक्षा गरिएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved