विषादी मिसिएको ३२९० केजी आँप नष्ट, दुई व्यवसायीलाई ५०-५० हजार जरिवाना

  • जेठ २२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  इटहरी उपमहानगरपालिकाले विषादी मिसिएको ३ हजार २ सय ९० केजी आँप नष्ट गरेको छ।

उपमहानगरको खाद्य अनुसन्धान टोलीले वडा नं. ६ मा रहेका फलफूल गोदामहरूमा गरेको अनुगमनका क्रममा ती आँपहरूमा स्वास्थ्यका लागि हानिकारक रसायन ‘एसिटिलिन ग्यास’ प्रयोग गरिएको पाइएपछि जफत गरी नष्ट गरिएको हो।

अनुगमनका क्रममा ‘न्यू राइजिङ फुड सप्लायर्स, इटहरी’ को गोदाममा ९६ कार्टुन र ‘न्यू सुनसरी फुड सेन्टर’ को गोदाममा १०६ क्यारेट आँप फेला परेका थिए। ती सबै आँपको कुल तौल ३२९० केजी रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ।

बजार अनुगमन शाखाका प्रमुख नोवेल भट्टराईका अनुसार ती आँपहरूमा फलफूल कृत्रिम रूपमा छिटो पकाउन प्रयोग हुने एसिटिलिन ग्यास भेटिएको हो।

खाद्य नियमावली २०२९ को नियम १९ (घ) अनुसार यस्तो ग्यासको प्रयोग गरी फलफूल पकाउन, भण्डारण गर्न वा बिक्री वितरण गर्न निषेध गरिएको छ।

गोदाम सञ्चालकहरूले ती आँपहरू नेपालको पश्चिमी भागबाट ल्याएको दाबी गरे पनि अनुगमन टोलीले ती आँपहरू भारतीय पत्रिकामा बेरिएको अवस्थामा फेला पारेको थियो।

उक्त अवैध कार्यका लागि इटहरी उपमहानगरपालिकाले बजार अनुगमन ऐन २०७९ र आर्थिक ऐन २०८१ अनुसार दुवै व्यवसायीक फर्मलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको प्रमुख भट्टराईले जानकारी दिए।

इटहरी उपमहानगरपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बजार अनुगमनलाई निरन्तरता दिँदै आएको जनाएको छ।

उपभोक्ता तथा सर्वसाधारणबाट प्राप्त गुनासोलाई प्राथमिकतामा राख्दै बजारमा निगरानी बढाइएको पनि उपमहानगरले स्पष्ट पारेको छ।

स्वास्थ्यकर्मीहरूले बजारमा अत्यधिक विषादी प्रयोग गरिएका फलफूल तथा तरकारी पाइने गरेको भन्दै उपभोक्तालाई सजग रहन र जाँचिएर मात्र उपभोग गर्न आग्रह गरेका छन्।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved