धरानबाट प्रतिबन्धित लागू औषधसहित एक पक्राउ, झापामा थप तीन जना नियन्त्रणमा

  • जेठ २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ परेका छन् भने लागू औषध कारोबारमा संलग्न चार जना झापा र सुनसरी जिल्लाबाट नियन्त्रणमा लिइएका छन्।

सुनसरीको धरान–१६ का ३० वर्षीय गोपाल राईलाई अस्थायी प्रहरी पोष्ट जोरसखुवा, धरानले ५६९ चक्की प्रतिबन्धित लागू औषध र नगद ३७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

यस्तै, लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले झापाको मेचीनगर–६ स्थित मेची पुलबाट हेटौंडा उपमहानगरपालिका–३ का २१ वर्षीय डेविड लामा र बिर्तामोड–२ का २९ वर्षीय संजय चौधरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।

लामा २ ग्राम र चौधरी ३ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
त्यसैगरी, झापाकै गौरादह नगरपालिका–१ का २९ वर्षीय सुजन कन्दङ्वालाई १ ग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय गौरादहले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि लागू औषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved