विकास संस्थाले बचत तथा ऋणको कारोबार गर्न नपाउने

  • मंसिर २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले टोल विकास संस्थाहरूलाई बचत तथा ऋण सम्बन्धी कारोबार गर्न रोक लगाएको छ । सामाजिक कार्य गर्ने टोल विकास संस्थाहरू बचत तथा ऋणको कारोबार गर्दै सहकारी बन्न खोजेको भन्दै इटहरी उपमहानगरपालिकाले आर्थिक कारोबार गर्न रोक लगाएको छ ।

इटहरीका २० वटै वडाका सबै टोल विकास संस्थाहरूले बचत तथा ऋणको कारोबार गर्दै आएका थिए । इटहरी उपमहानगरपालिकाले सोमबार वडा कार्यालय मार्फत सम्पूर्ण टोल विकास संस्थाहरूलाई एक परिपत्र जारी गर्दै बचत तथा ऋण सम्बन्धी कुनै पनि आर्थिक कारोबार नगर्न, नगराउन भनेको छ ।

उपमहानगरपालिका द्वारा जारी पत्रमा भनिएको छ, ‘टोल विकास संस्थाहरूले संकलन गरेको रकम सम्बन्धित बचत कर्तालाई फिर्ता दिने व्यवस्था मिलाइनेछ  । आगामी आर्थिक वर्ष देखी बैंक तथा वित्तीय संस्थाहरूले गर्ने बचत तथा ऋण सम्बन्धी आर्थिक कारोबारहरू टोल विकास संस्थाहरूले गर्न, गराउन नपाइने व्यवस्था नीति अवलम्बन’ गरिएको छ ।

१३ औँ नगर सभाबाट टोल विकाससँग सम्बन्धित नयाँ नीति तथा कार्यक्रम अवलम्बन गरिएको हुँदा बचत तथा ऋणको कारोबार गर्दै आएका टोल विकास संस्थाहरूलाई अब उप्रान्त कारोबार नगर्न नगराउन आग्रह गरेको छ ।

हाल इटहरी उपमहानगरपालिकाका २० वटा वडामा टोल विकास संस्थाहरू सञ्चालन रहेका छन् । हाल सञ्चालनमा रहेका टोल विकास संस्थाहरूले मासिक रूपमा १ सय देखी पाँच सय रुपैयाँ सम्म बचत संकलन गर्दै आएका छन्  । यसरी संकलन गरेको रकमबाट टोलका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा ऋणमा लगानी गर्ने गरेका छन् ।

व्याजबाट आएको रकम संस्थाको विकास तथा सामाजिक कार्यमा खर्च गर्ने गरेका छन्  । टोल विकास संस्थाहरूले गरेको आर्थिक कारोबार अनुसार बचत रकमहरू आगामी २०८० चैत्र मसान्त सम्ममा फिर्ता गर्ने गराउने उपमहानगरले जनाएको छ  ।

टोल विकास संस्थाहरूले गर्ने आर्थिक पारदर्शीताको बारेमा गुनासो आउन थालेपछि नियमन गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताले बताए ।

टोल विकास संस्थालाई आर्थिक कारोबार गर्ने अधिकार छैन, वित्तीय कारोबार गर्ने भए पनि कहीँ दर्ता पनि हुँदैनन्, भोली सहकारी जस्तो आर्थिक समस्या आउन सक्ने भएकाले समयमै व्यवस्थापन गरिएको हो, प्रमुख प्रशासकीय अधिकृत मेहताले भने ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved