पहिचानवादीले काँग्रेस नेतालाई ओखलढुङ्गामा अवरोध गर्ने

  • मंसिर १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले नेपाली काँग्रेसका कोशी प्रदेश सभाका नेताहरूलाई ओखलढुङ्गा कार्यक्रममा विरोध गर्ने विज्ञप्ति मार्फत खबरदारी गरेको छ ।
संघर्ष समितिले यसअघि एमालेका नेताहरूलाई ताप्लेजुङमा अवरोध गरेको थियो ।

ओखलढुङ्गामा मंगलवार नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा काँग्रेस नेताहरू सहभागी हुने कार्यक्रम छ ।

कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता शेखर कोइराला लगायतका नेताहरू सहभागी हुने भनिएको छ ।

समितिद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ ‘उहाँहरूप्रति हामी प्रस्ट छौँ कि उहाँहरूप्रति हाम्रो कुनै रोकछेक हुँदैन ।’

तर भवन उद्घाटनको बहानामा नेपाली कांग्रेसका मुख्यमन्त्री केदार कार्की, संसदीय दलका नेता पूर्व मुख्यमन्त्री उद्धव थापा, प्रदेश सांसद प्रदीपकुमार सुनुवारलाई ओखलढुङ्गामा अवरोध गरिने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘मुख्यमन्त्री केदार कार्की, उद्धव थापा, प्रदेश सांसद प्रदीप सुनुवार लगायतलाई कार्यक्रममा नजान र आयोजकले सहभागी नगराउन संघर्ष समितिको तर्फबाट खबरदारी भइरहेको र यो विज्ञप्ति मार्फत पनि कांग्रेस पार्टीलाई जानकारी दिन चाहन्छौँ ।’

समितिले विज्ञप्तिमा भनेको छ ‘हाम्रो पहिलो सर्त ‘कोशी’ नाम खारेजीलाई गम्भीर रूपमा कार्यान्वयन गर्नुको सट्टा संघर्ष समितिलाई चिढ्याउने भ्रमणको प्रचारले स्थानीय जनता झनै आक्रोशित अवस्थामा रहेको जानकारी गराउँदै त्यहाँ नजान आग्रह गर्दछौँ ।’

आन्दोलन कुनै पनि राजनैतिक पार्टी, संगठन र समुदायको विरोधमा नभई ‘कोशी’ प्रदेश नाम खारेजी नभएसम्म सशक्त बनाउन गरिएको जनाउँदै विज्ञप्तिमा भनिएको छ ‘‘कोशी’ नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सांसदका साथै राई, लिम्बु समुदाय र पहिचान पक्षधरलाई आपराधिक गाली गर्दै आतङ्ककारीको आरोप लगाउने तीन भाइ विरुद्ध जनता गाउँगाउँमा आक्रोशित छन् ।’

सार्वजनिक रूपमा आत्मा आलोचना नगरेसम्म तीन भाइ र ८२ प्रदेश सांसद विरुद्ध कालो झन्डा लगायतको विरोध प्रदर्शन हुँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा ‘नेपाली कांग्र्रेसकै १४ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरेर ‘कोशी’ नाम बारे पुनर्विचार गर्नुपर्ने र आन्दोलनरत सङ्घर्ष समितिको मुद्दा सही भएकाले सम्बोधन गर्नुपर्ने विषय सार्वजनिक भएको अवगत नै छ ।’

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved