राष्ट्रिय परिचयपत्रको चाङ, वितरणमा समस्या

  • मंसिर १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

ओखलढुङ्गा/ राष्ट्रिय परिचयपत्रको फारम भरेका सम्बन्धित व्यक्ति लिन नआउदा ओखलढुङ्गाको जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परियचपत्रको चाङ थुप्रिएको छ ।

ओखलढुङ्गाबाट राष्ट्रिय परिचयपत्रका लागि फारम भरेकाहरुले कार्ड लिन नआउदा कार्यालयमा नै कार्ड थन्किएको हो ।

राष्ट्रिय परिचयपत्रको निर्माणका लागि जिल्ला प्रशासन कार्यालयले केही समय अगाडी स्थानीय तहमा अभियान सञ्चालन गरेको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयले नियमित रुपमा जिल्ला प्रशासन कार्यालयबाट नै आवेदन संकलन गरिरहेको छ ।

२०७७ साल साउन १ देखी २०८० साल कार्तिक मसान्तसम्म जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रिय परिचयपत्रका लागि ईनरोलमेन्ट फारम भर्नेहरुको संख्या २२ हजार १ सय ३३ रहेको छ । ईनरोलमेन्ट फारम भरेकाहरु मध्ये १० हजार ६ सय ९९ जनाको कार्ड जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा आईपुगेको कार्यालयले जनाएको छ ।

तर कार्तिक मसान्तसम्म जम्मा ५ सय ६० जनाले मात्र राष्ट्रिय परिचयपत्र लिएका छन् ।
राष्ट्रिय परिचयपत्रका लागि ईनरोलमेन्ट भरेका मध्ये प्रशासन कार्यालयमा आईपुगेको परिचयपत्र पनि वितरणमा पनि समस्या भएको छ ।

परिचयपत्र वितरण गर्नका लागि पनि सम्बन्धित व्यक्तिको बायोमेट्रिक लिनुपर्ने हुँदा वितरणमा समस्या भएको हो ।

प्रशासनले स्थानीय तहमा गएर ईनरोलमेन्ट संकलन गरेपनि वितरणका लागि बायोमेट्रिक गर्नुपर्ने र जिल्लामा पयिरचयपत्र आइृपूगदा पनि सम्बन्धित ब्यक्ति जिल्ला प्रशासन कार्यालयसम्म आइपुग्न नसक्दा वितरणमा समस्या भएको हो ।

ईनरोलमेन्ट भरेका सम्बन्धित व्यक्तिको बायोमेट्रिक नगरी कार्ड वितरण गर्न नमिल्ने हुँदा कार्ड वितरण हुन नसकेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । ईनरोलमेन्ट पालिकामा गएर भरिएको भएपनि बायोमेट्रिक गर्ने मेशिन पालिकामा नभएकोले कार्डलाई पालिकामा पठाउन नसकिएको प्रमुख जिल्ला अधिकारी बरालको भनाई छ ।

पालिकामा ईनरोलमेन्टका कार्डहरु पालिकामा नै लगेर वितरण गर्नका लागि आफूले विभागमा समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी बरालको भनाई छ ।
ईनरोलमेन्ट भर्ने क्रममा प्रयोग गरिएका मोबाईल नम्बरमा नै कार्ड आईपुगेको सूचना आउने सिस्टम छ ।

तर स्थानीय स्तरमा कतिपयले पुरानो नम्बर छाडेर नयाँ नम्बर प्रयोग गर्दा सम्बन्धित व्यक्तिले आफ्नो कार्ड निर्माण भएको समेत जानकारी पाउन सकेका छैनन् । ईनरोलमेन्ट भर्दा उपलब्ध गराईएको निस्सा कागज समेत कतिपयको हराएको छ ।

गाउँबाट परिचयपत्र लिन कै लागि समेत हजारौं खर्च गरेर सदरमुकामसम्म आउने अबस्था नरहेको नागरिकहरुले बताएका छन् ।

राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्ति भन्दा अरुलाई दिन पनि मिल्दैन । त्यसैले कार्डलाई पालिकामा पठाएर वितरणमा सहजीकरण गर्न विभागमा समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी बरालले बताएका छन् । राष्ट्रिय परिचयपत्र निर्माण भई आईपुगेको भन्ने सूचना मोबाईलमा प्राप्त भएको भए कार्ड लिन आउन समेत प्रशासनले आग्रह गरेको छ ।

नेकपन एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved