राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलासुस्ती

  • मंसिर १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महत्वपूर्ण मानिएको मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको सर्दुखोलादेखि झापाको पाटापुरसम्म सवा सय किलोमिटर सडक निर्माण २०७७/ ०७८ बाट शुरु भए पनि अझै अधुरै छ ।

कमल खोलादेखि साहदत्त खोलासम्मको ३२ किमी सडकको डिपिआर समेत पूरा भएको छैन भने राजमार्गभित्र पर्ने रुखको लगत उठाउने काम जारी छ ।

सम्झौता अनुसार एक बर्षभित्रमा सडक निर्माणको काम पूरा हुन कठिन छ ।

झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा पर्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको लम्बाई १२७. ८ किलोमिटर रहेको छ । आर्थिक बर्ष २०७७/०७८ बाट शुरु भएको मार्ग २०८१/०८२ मा सम्पन्न हुनुपर्ने सम्झौता छ ।

चुरे श्रृंखलाको दक्षिणबाट सडक बनाउदा कमल खोलाबाट कन्काई नदीसम्म पूर्व पश्चिम हाइवे भन्दा तीन किलोमिटर भन्दा कम दूरी पर्ने भएकाले समस्या देखिएको छ । त्यसैले ३२ किमीको डिपिआर भएको छैन भने सडकमा पर्ने रुख कटानमा समेत समस्या छ ।

मदन भण्डारी राजमार्ग योजना कार्यालय झापाका इन्जिनियर सुवासकुमार दत्तका अनुसार वन क्षेत्र नभएको ठाउँमा ८० देखि ९० प्रतिशत काम सकिएको छ । वन क्षेत्र क्षेत्र भएको स्थानमा संरचनाहरु निर्माण भएका छन्, रुख काटेरमात्र गर्न सकिने काम भने बाँकी रहेको उनको भनाई छ ।

सडकमा पर्ने झापा र इलाम जिल्लाको जंगलमा रहेको रुखको लागत उठाउने काम धमाधम भइरहेको उनले बताए । वन कार्यालयसँग समन्वय नगरी सिधै रुख कटान गर्न आएकाले पहिलो अवरोध गरेको वन कार्यालयको स्वीकारोक्ति छ ।

डिभिजन वन कार्यालय भद्रपुर झापाका प्रमुख मेघराज राईका अनुसार वन ऐन २०७२ को दफा ४२ ले वन क्षेत्रमा विकास निर्माणको काम गर्नुपर्दा अरु विकल्प नभएमा वातावरणमा प्रतिकूल असर नपर्ने अवस्थामा नेपाल सरकारले निर्णय गरेर भोग गर्ने अधिकार विकास निर्माण कार्यलाई दिन सक्ने भनिएको छ ।

यो लिने प्रक्रिया लामो रहेको र प्रक्रिया पूरा नगरी जबरजस्ती डोजर लगाउन थालेपछि आफूहरुले काम रोकिदिएकाृे उनले बताए ।

सडक र वन कार्यालयको समन्वय अभावले सडक निर्माणमा ढिलासुस्ती भएको सरोकारवालाहरुको भनाई छ । राजमार्गमा पर्ने ३७ वटा पुलमध्ये ११ वटाको निर्माण सकिएको छ । १० अर्ब १३ करोड रुपैयामा काम सम्पन्न गर्नुपर्ने सम्र्झाैतामा उल्लेख छ ।

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved