विष्णुमा मिनी प्रदर्शनी सम्पन्न

  • मंसिर २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । दशै तिहारको बिदामा गृहकार्य स्वरुप दिइएको गृहकार्यमा विद्यार्थीहरुले तयार गरेको सचेतनामुलक सामग्रीहरुको धरान स्थित विष्णु मेमोरियल उच्च माध्यमिक विद्यालयले मिनि प्रदर्शनीको आयोजना गरेको छ ।

दशै देखि छठ सम्मको विदामा विद्यार्थीहरुले विद्यार्थीहरूले कक्षाकोठामा हासिल गरेका विभिन्न विषयको सैद्धान्तिक ज्ञान तथा सृजनात्मक क्षमतालाई व्यवहारिक रुपमा सिक्न सिकाउन गृहकार्य दिएको थियो ।

विद्यार्थीहरुलाई विविध परियोजना कार्य तथा मोडेल तयार गर्नका निम्ति दिइएको गृहकार्यका रुपमा तयार गरेका परियोजना कार्य तथा मोडेल समावेश गरि गत मंसिर १७ गते प्रदर्शनी गरिएको थियो ।

प्रदर्शनीमा विद्यार्थी र अभिभावकहरूको उपस्थिती रहेको थियो । प्रदर्शनीमा विद्यार्थीहरूले लागूऔषध दुव्र्यशनी, बालश्रम र चेलीबेटी बेचबिखन विरुद्धको सचेतनामूलक प्लेकार्ड समेत प्रस्तुत गरेका थिए ।

प्रदर्शनीले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गरि उनीहरुलाई पठन–पाठनमा अझ तल्लिन रहन र अन्य सृजनात्मक कार्यमा लाग्न अभिप्रेरणा प्राप्त हुने विश्वास गरिएको विद्यालयका प्रिन्सिपल निलम श्रेष्ठले बताए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved