दुईदिने धरान म्युजिक फेस्ट सम्पन्न दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

  • मंसिर १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  लामो समय सुस्ताएको धरानको साङ्गीतिक चहलपहल ‘धरान म्युजिक फेस्ट’ सँगै पुनः जुर्मुराएको छ ।

मङ्सिर १५ र १६ गते दुई दिन धरानको पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘म्युजिक फेस्ट’ मा धरान गुञ्जायमान बन्यो ।DHARAN-MUSIC-FEST--(4)

धरानको सांगीतिक माहोललाई तताउँदै दर्शकहरुको बाक्लो उपस्थितिमा भव्य रुपमा सम्पन्न ‘धरान म्युजिक फेस्ट’ धरानका उदाउँदो प्रतिभालाई ठूलो ‘प्लेटफर्म’ दिन र पूर्ण मनोरन्जनका प्रदान गर्न आयोजना गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले बताए ।DHARAN-MUSIC-FEST--(17)

सिल्भर इन्टरटेन्टमेन्टको आयोजनामा भएको ‘धरान म्युजिक फेस्ट २०८०’ को पहिलो दिन मङ्सिर १५ गते शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड ‘पहेंलो बत्ति मुनि’ र चर्चित गायिका एलिना चौहानले प्रस्तुति दिए ।DHARAN-MUSIC-FEST--(10)

युवा माझ सर्वाधिक रुचाइएको ‘धोकेबाज हौ तिमी’ बोलको गीतबाट चर्चा कमाएकी लोकप्रिय गायिका एलिना चौहानले ‘धोकेबाज’सँगै ‘भाग्यमा खोट छ’, ‘तिम्रो मायाले बाँधेर राख’, ‘के माया लाग्छ ररु’ लगायतका आफ्ना चर्चित गीत सुनाइन् ।

धराने दर्शकले एलिनाको गीतमा भरपुर मनोरञ्जन लिए । ‘पहेंलो बत्तिमुनि’ ब्याण्डले ‘गौंथली’, ‘लोरी’, ‘बरी लै’, ‘म बाटो हिँड्ने’ लगायतका गीत दर्शकमाझ प्रस्तुत गर्यो । धरानको ‘सबमर्ज ब्याण्ड’ले समेत आफ्नो प्रस्तुति दियो ।

‘म्युजिक फेस्ट’को अन्तिम दिन मङ्सिर १६ गते शनिबार लोकप्रिय गायिका तथा ‘भ्वाइस अफ नेपाल’की कोच मिलन नेवारको प्रस्तुति निक्कै नै आकर्षक रह्यो ।

धरानमा मिलनको यो ‘शो’ पहिलो आउटडोर कन्सर्ट रहेको थियो ।

उनले ‘सुनसान रातमा’, ‘इट्स स्लोली’, ‘गाला रातै’, ‘जनम जनम जिउलासँगै’, ‘फूलबुट्टे सारी’ लगायतका गीतले मनोरञ्जन दिइन् । हाल चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको विशेष प्रस्तुतिले धराने युवा दर्शकको मन जितेको थियो ।

धरानको आउटडोर कन्सर्टमा पहिलोपटक आफ्नो प्रस्तुति दिएका धरान– १७ रेल्वेका पूर्ण राईले ‘मनका कुरा’, ‘ध्रुवतारा’, ‘नभेटेको भए’ लगायतका आफ्ना चलेका तथा नयाँ गीतहरु प्रस्तुत गरे ।DHARAN-MUSIC-FEST--(20)

‘टिन एजर’ मा आफ्नो ‘क्रेज’ बनाएका गायक पूर्णको गीत एक महिनादेखि युट्युब ट्रेण्डिङमा रहेको छ ।

सोही दिन स्थानीय ‘लासोज ब्याण्ड’ र ‘द भ्वाइस’मा ‘ब्याटल राउण्ड’ पार गरेका धरानका रिजन लोहनीले समेत आफ्नो दरिलो प्रस्तुति दिए ।

धरानका दुई संगीतकर्मीहरुलाई नगद सहित सम्मान

धरानमा रहेर नेपाली सङ्गीत क्षेत्रमा योगदान दिइरहेका सुन्दर साउण्ड सिस्टमका सुन्दर श्रेष्ठसँगै गायक तथा संगीतकार नवराम राईलाई सम्मान गरिएको छ ।

‘कालो कालो रातको’, ‘गुराँसको फेद मुनि’ लगायत चर्चित गीतमा संगीत भरेका पुराना गायक राईलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र बिक्रम बेघा, गीतकार मिना सिंगक र सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले कदर–पत्र, खादा तथा दश हजार रुपैयाँको चेकसहित सम्मान गरेका थिए ।

धरानको सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने उनले बताए । सिल्भर इन्टरटेन्टमेन्टको आयोजना तथा व्यस्थापनमा गीता एभिएशनको प्रस्तुति रहेको ‘धरान म्युजिक फेस्ट २०८०’ लाई सम्पन्न गर्न टुबोर्ग, रुस्लान,DHARAN-MUSIC-FEST--(18)

डिभाइन वाइन्स, सौर्य एयरलाइन्स, इडेन एकेडेमी, युएन कलेज, रेडब्लु इनर्जी ड्रिंक, केन्द्र मोशन पिक्चर्स र एसपी इभेन्ट्सको विशेष सहयोग रहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । ‘फेस्ट’का ‘होस्ट’ मा सुरेश राई तथा नविना मग्राती रहेका थिए ।DHARAN-MUSIC-FEST--(7) DHARAN-MUSIC-FEST--(6)-(2) DHARAN-MUSIC-FEST--(6) DHARAN-MUSIC-FEST--(11) DHARAN-MUSIC-FEST--(10) 2 DHARAN-MUSIC-FEST--(12) 1 DHARAN-MUSIC-FEST--(14) DHARAN-MUSIC-FEST--(9) DHARAN-MUSIC-FEST--(15)

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved