राजस्व तथा लेखा सम्बन्धी दुई दिने तालिम सुरु

  • भदौ २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा स्थानीय तह संचित कोष व्यवस्थापनमा राजस्व तथा लेखा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

सो तालिमको उद्घाटन महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी छन । उक्त कार्यक्रमको उद्घाटनमा बोल्दै उपमेयर कार्कीले लेखा प्रणाली लाई चुस्तदुरुस्त बनाउन यो तालिमल निकै उपयूक्त रहने बताईन ।

त्यस्तैगरि महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महालेखा नियन्त्रक कार्यालयले राजस्व संकलन अब नेपाल सरकारको पोर्टलबाट गर्ने भएकाले पनि उक्त काम कसरी गर्ने भनेर समेत तालिमले व्यवहारिक र सैद्धान्तिक जानकारी गराउने बताए ।

उद्घाटन समारोहमा महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, आर्थिक प्रशासन महाशाखा प्रमुख संजीव भट्टराई, राजस्व महाशाखा प्रमुख सरोज गौतम लगायतले तालिमको उद्देश्य र महत्वकाे बारेमा जानकारी गराएका थिए ।

तालिममा लेखा अधिकृत पुष्कर पौडेल, त्रिभुवन खनाल र उदय शर्माले सहजीकरण गर्ने राजस्व महाशाखा प्रमुख गौतमले बताए । आइतबार सम्म सञ्चालन हुने तालिममा राजस्व र लेखा शाखाका कर्मचारी सहित १९ वटै वडाका राजस्व संकलन गर्ने ४५ जना कर्मचारीहरुले सहभागिता जनाएका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved