धरानमा डेंगु संक्रमण भयावह "अधिकांश सञ्चालन भएका शिविरमा दक्ष चिकित्सक छैनन्"

  • साउन ३२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /बैशाखको पहिले साताबाट धरान उपमहानगर पालिकामा डेङगो संक्रमण भेटिएको हो ।

अहिले डेगु संक्रमण भयावह अवस्थामा रहेको छ । धरानमा हालसम्म १६ हजार ४ सय ५० को चेक गरिसकिएको छ । यसमा ११ हजार ८ सय ९७ डेङगोका बिरामी भेटिएको छ भने हालसम्म सम्म धरानमा ११ जनाको मृत्यु भइसकेको छ ।

धरानमा धरान १ मा रहेको पुरानो अस्पताल ,धरान ८ मा रहेको सभागृह , धरान १८ बि.पि.को. स्वा. बि.प्रस्तिस्ठान, वडाहरुले संचालन गरेको आधारभुत स्वास्थ केन्द्र धरान १३,१४,१५ मा चेक गर्दा डेङगो संक्रमित भेटिएको हो ।

प्रतिशतमा भन्नु पर्दा धरानमा ७२ प्रतिशत धरान उपमहानगर पालिका अन्तरगत स्वास्थ महाशाखाका प्रमुख उमेस मेहताले जानकारी दिए ।

धरानमा डेङगो संक्रमण न्यूनीकरणमा जिल्ला बिपत ब्यवस्थापन समिति सुनसरी ,धरान उपमहानगर पालिकाका २० वटै वडा कार्यालयहरु, टोल बिकास समिति लगायतले डेङगोको लार्भाको बासस्थान खोजी गरि मार्ने अभियान चलाएपनि घटेको छैन ।

न्यूनीकरण प्रयासमा सबै पक्ष जुटेपनि समन्वयको अभावमा प्रभावकारी नभएको धरान उपमहानगर पालिकाका उपमेयर अइन्द्रबिक्रम बेघाले सार्वजनिक कार्यक्रममा भन्दै आएका छन् ।

उनले काम भए पनि आ आफ्नो ढंगबाट भएको तर समन्वय नभएको बताएका छन् । धरानलाई स्वास्थ आपतकालीन क्षेत्र घोषणाको लागी प्रदेश र संघीय सरकारलाई जिल्ला बिपत समिति सुनसरीले पत्राचार गरेपनि घोषणा हुन छैन ।

संबिधानमा स्थानीय सरकारले यस्तो विषम परिस्थितिमा आफै स्वास्थ संकटकाल घोषणा गर्ने अधिकार भएपनि धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ राइले नगर पालिकामा पत्रकार सम्मेलन गरि संकटकाल घोषणा आवश्यक नरहेको बताएका थिए ।

धरानमा निःशुल्क स्वास्थ शिबिरहरु संचालन भएको भएपनि चिकित्सकले भने चिकित्सकको परामर्श बिना राखिएको शिबिर प्रभावकारी नभैइ झन समस्या निम्तिने बताउदै आएका छन् ।

धरान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा उपचारका नाममा दक्ष चिकित्सक नराखी उपचार जथाभावि गराउदा समस्या समाधान भन्दा पनि झन समस्या थपिएको बताएका छन् ।

उनले भने–‘दक्ष चिकित्सक विना स्वास्थ्य स्वया् सेवकको भरमा गरिएको उपचार प्रभावकारी हुदैन, झन समस्या बल्झिन्छ, औषधि उपचार गर्दा प्रभावकारी हुदैन । धरानमा धरान १ पुरानो अस्पताल, धरान ८ सभागृह ,आधारभुत स्वास्थकेन्द्र धरान १३,१४ र १५ लगायतमा वडाका स्वास्थ स्वयंसेवकले चेकजाँच गर्ने गरेको पाइएको छ ।

सामान्यतया शिविरको आयोजना गर्दा दक्ष चिकित्सक आवश्यक पर्छ यसको ख्याल नगरी सम्बन्धित पक्षले जथाभावि शिविर राखेको पाइएको छ । धरानमा सञ्चालन भएका शिविरमध्ये सुनसरी उद्योग बाणिज्य संघमा संचालन भएको शिबिरमा भने बिपिका शिक्षाध्याक्ष प्रा.डा.सन्जिब शर्माको टिमले चेकजाँच गर्दै आएका छन् ।

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved