कोशी नदीको क्षति न्यूनिकरणका लागि सम्बन्धित पक्षले सर्वसाधारणलाई सतर्क रहन आग्रह

  • साउन ३२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी नदी किनारमा बस्ने सर्ब साधारण बर्षादको समयमा रातभरि निदाउँदैनन् ।

बर्षाद्को समयमा सप्तकोशीले धार परिवर्तन गरेर धनजनको क्षति व्यहोर्नु पर्ने हुन्छ, २०६५ साल भदौ २ गते कोशीको तटबन्द भत्किदा भएको क्षति पुन: उनीहरु सम्झन चाहँदैनन् ।

सर्वसाधारणले त्यसबेला भएको क्षतिवापत राहत समेत पाउन सकेका छै्नन्

पहाडी क्षेत्रमा लगातार परेको बर्षाका कारण पछिल्लो समय कोशी व्यारेजका ५६ वटा ढोका खोलिएका थिए ।

विगत केही दिन यता पहाडी क्षेत्रमा भएको भारी बर्षाका कारण कोशी व्यारेजमा आइतबार राति ४ लाख ८५ हजार क्युसेक पानीको वहाव पश्चात कोशीका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभएको थियो ।

विगतको क्षति नहोस् र बेलैमा न्यूनिकरणको उपाय अवलम्बन गर्न आइतबार नै सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं..६ र ९ मा पर्ने क्षेत्रमा नगर प्रमुख रमेश कार्की सहित जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ,

सुरक्षा निकायहरुका जिल्लाका प्रमुखहरु निरीक्षणसँगै स्थानियवासिहरुसंग छलफल गरेका थिए ।

सप्तकोसी पश्चिम् श्रीलंका टापुमा पुर्वी पहाडी जिल्लाहरु भोजपुर ,संखुवासभा ,

धनकुटा ,तेह्रथुम र ताप्लेजुङमा लगातार परेको बर्षाका कारण कोसी नदिमा पानीको वहाव बढेर कटान सुरु गरेपछि सुनसरीको बराहक्षेत्र नगरपालिकाको

श्रीलङ्का टापुमा सप्तकोशीका उच्च जोखिममा पर्ने भएकोले पूव तयारीको बिषयमा कोशी नदिको कट्टानबाट प्रभावित हुन सक्ने स्थानियहरुलाई सुरक्षित राख्ने ,

सतर्कता अपनाउने, सुरक्षित स्थान र जोखिम न्युनिकरणसंगै सुरक्षाको बिषयमा छलफल गरिएको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved