बौद्धिक क्षमताको विकास गर्ने हाजिरी जवाफ प्रतियोगीता

  • साउन ३२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगरमा रहेको भानु मेमोरियल इङ्गलीश बोर्डिङ्ग स्कूलले विद्यार्थीहरुको बौद्धिक क्षमता बृद्रि गर्ने उद्देश्यले विहीवार हाजिरी जवाफ प्रतियोगीता सम्पन्न गरेको छ ।

उक्त प्रतियोगीतामा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि ७ सम्मका विधार्थीहरुलाई वैज्ञानिकहरुको नाम ,न्युटन, आइस्टेन,मैक्सवेल, डारविन र टेसला नाम दिएर भएको प्रतियोगीतामा पल्लवी साह, रुविना राई र संक्षम झा ले प्रथम, स्थान हाँसिलगरेका छन ।त्यसैगरि ममता दाहाल, सोफिया खातुन, अनिमा श्रेष्ठ र इशा मेहताले दोस्रो स्थान हाँसिल गरेका छन भने युनि लगरवाल, निक्कु साह, अमजद राजा खान र सृष्टी यादवले तेस्रो भएका छन ।

सिनियर समूह तर्पm कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरुलाई फुटबल समूहको नाम मुनिच, लिभरपुल, बर्लिन, म्यानचेस्टर र मन्डीड राखी गराएको प्रतियोगीता अन्तर्गत राष्ट्रिय राउण्ड, अन्तराष्ट्रिय राउण्ड, विज्ञान र खेलकुद राउण्ड, रेपिड फायर राउण्ड र श्रव्यदृश्य राउण्डमा भएको प्रतियोगीतामा म्यनचेस्टर समूहका भूमिन्नदन भट्टराई, स्वस्तीका नेपाल,एन्जल जैसवालले १४० नम्वर प्राप्त गरि प्रथम स्थान हाँसिल गरे छन । त्यस्तै १३५ नम्वर प्राप्त गरि लिभरपूलका पूजा साह, सावन कामत र कन्हैया भगतले दोस्रो स्थानमा हासिल गरेका थिए । भने ९५ नम्वर ल्याएर बर्लिनका प्रिन्स शर्मा, निशिका त्रिताल र प्रज्जवल गोइत तेस्रो भएका थिए ।

हाजिरी ज वाफ प्रतियोगीताका संयोजकहरु दिपक राई र पारस ठाकुरले जानकारी दिएका छन । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई नयाँ –नयाँ कुराको ज्ञान बढाउनु साथै पढाई प्रति रुची जगाउने हुदा कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल राजेश कुमार झाले बताए छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved