श्रमिकलाई विनाकारण निकालिएको भन्दै विभिन्न ट्रेड युनियनहरुले मेयर साम्पाङलाई ज्ञापन पत्र

  • भदौ २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पूर्व मेयर मनोज मेन्याङ्बाको पालामा धरानको भानुचौकमा निर्माण भएको घण्टाघर निर्माण प्रारम्भदेखि नै ज्यालादारीमा काम गर्ने दुई जना कर्मचारीलाई विना कारण हटाइएपछि पूर्वाग्रह रुपमा हटाइएको भन्दै धरानका तीन ट्रेड युनियन आन्दोलित भएका छन् ।

धरानको घण्टाघरमा १७ वर्षदेखि काम गर्दै आएका ज्यालादारी श्रमिक कर्मचारीलाई बिना कारण जागिरबाट हटाएको भन्दै धरानका तीन ट्रेड युनियनले पुनर्बहाली गर्न माग गर्दै सात दिनको अल्टिमेटम दिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ, ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन कांग्रेसले धरान उपमहानगर प्रमुख हर्कराज राईलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै एक हप्ता भित्र हटाइएका कर्मचारीलाई पुर्वहाली गर्न माग गर्दै एक हप्ते अल्टिमेटम दिएका हुन् । 

पुनर्वाहाली नभएरमा मजदुरहरुले आन्दोलन गर्ने नेपाल ट्रेड युनियन महासंघ, धरान अध्यक्ष शमशेर बर्देवाले चेतावनी समेत दिएका छन् ।

ट्रेड युनियनले धरान २ बस्ने नरबहादुर लिम्बू र धरान १४ बस्ने प्रकाश राई घण्टाघर निर्माण कार्यको प्रारम्भदेखि नै उक्त क्षेत्रको सौन्दर्यीकरण गर्ने र फूल बिरुवा हेरचाह गर्ने मालिको रुपमा १७ वर्ष देखि निरन्तर सेवा गरी आएको आए पनि हटाउदा मजदुरले पाउने सेवा सुविधा समेत नदिई मेयर साम्पाङले पूर्वाग्रही ढंगले निष्कासन गरेर आफ्नो मान्छे भर्ति गरेको नेपाल यातायात मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईले बताए ।

’लामो समयदेखि श्रम गर्दै आएका एउटा ज्यालादारी श्रमिकलाई बिना कारण जागिरबाट हटाउनु निश्चय नै श्रम प्रतिको घोर अपमान भएको उनीहरुको भनाई छ ।

 नगर पिताको हैसियतमा रहनु भएका नगर प्रमुखले न्युनतम ज्याला लिएर काम गरिरहेका श्रमिकलाई रोजगारीबाट विमुख गर्ने घटनाप्रति हामी तमाम मजदुरहरुको गम्भिर ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् ।

ट्रेड युनियनले निज मजदुरहरुलाई १ हप्ता भित्रमा नियुक्ति गरी श्रमिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न जोडदार माग गरेका छन् ।

 श्रमिकलाई नियुक्त नगरे सशक्त आन्दोलनमा जान बाध्य हुने र यसबाट उत्पन्न हुने जस्तो सुकै परिणामको जिम्मेवार स्वयम नगर प्रमुख नै हुने चेतावनी दिएका छन्

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख हर्कराज राईले उमेर हदका कारण श्रमिकलाई बिदा दिएको बताए ।

 उनले बालबालिका र ज्येष्ठ नागरिकलाई श्रममा राख्न नमिल्ने बताउनुभयो । 

प्रमुख राईले आफन्त नियुक्त गरेको विषयमा नगरबासी सबै आफ्ना आफन्त रहेको प्रतिक्रिया दिए ।

विगतमा धरान उपमहानगरपालिकामा नेकपा एमाले र काँग्रेसको जनप्रतिनिधि हुदा एमालेमा आवद्ध, 

आफन्तलाई भर्ति केन्द्र बनाउने गरेको चर्चा चलिरहँदा अहिले स्वतन्त्रबाट मेयर बनेका हर्क साम्पाङले समेत पुराना कर्मचारीलाई निष्कासन गरेर आफ्ना नजिकका नातेदारहरुलाइ भर्ति गरेको चर्चा चुलिएको छ । 

तर मेयर साम्पाङले भने धरान नगरमा बसोबास गर्ने धरानेहरु सबै मेरो आफन्त, आफ्नो मान्छे भएको प्रतिक्रिया दिनु भएको थियो

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved