डेंगु नियन्त्रण अभियानमा धरान

  • साउन १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा डेंगु संक्रमणको अवस्था भयावह बन्दा पनि स्थानीय सरकार गम्भीर नभएको भन्दै सर्वसाधारणको गम्भीर गुनासो बढिरहेको समयमा उपमहानगरपालिकाले मंगलबार आकस्मिक वैठक राखी सबै वडामा लार्भा खोजी गरी नष्ट गर्ने अभियान ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान २० वटै वडामा गरिने निर्णय गरेसँगै बुधबार सबै वडामा वडामा यो अभियान सञ्चालन गरिएको छ ।

वडाका जनप्रतिनिधिहरुले स्थानीय टोल विकास संस्था (टिएलओ) हरुलाई परिचालन गरेर सर्च एण्ड डिष्ट्रोय अभियान शु गरिएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निर्णय अनुसार आफ्ना वडामा रहेका जहाँ बढी डेंगुका संक्रमणको जोखिम भएका क्षेत्रमा गएर लार्भा नष्ट गर्ने काम गरिएको धरान उपमहानगर पालिका १६ नं. वडाका वडाध्यक्ष मुरारी भट्टराईले जानकारी दिएका छन् ।


dengu-5555ppp

धरान १६ मात्र हैन धरानका २० वटै वडामा यो अभियान एकै साथ गरिएको छ ।

सबै वडाबाट एकै पटक एकै साथमा वडाहरुमा सर्च एण्ड डिष्ट्रोय अभियान गर्न अभियान अन्तर्गत नै नगरपालिकाले सरकारी तथा सामुदायिक विद्यालयहरुलाई पनि विदा दिने निर्णय गरेको थियो ।

धरानमा २ महिनाभन्दा बढी समयदेखि शुरु भएको डेंगुको प्रकोपले ८ जनाको मृत्यु भइसकेको छ । धरान उपमहाननगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाले दिएको तथ्यांक अनुसार धरानमा ४ हजार ४ सय १३ जनाको डेंगु टेष्ट गर्दा २ हजार ६ सय ५४ जनामा संक्रमण भएको पाएको छ

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved