बिराटनगर जेसीजले मानवीय सेवा सप्ताह २०२३ सुरु गरेको छ ।

  • साउन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / बिराटनगरको बिराटेश्वर वृद्धाश्रममा आश्रित आमा बुवाहरुलाई साउन १५ का दिनबाट खिर खुवाएर साथै लत्ता कपडा बितरण गरेर साताब्यापी कार्यक्रम जेसीजले सुरु गरेको हो। बिराटनगर वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेलले जेसीजले आफ्नो वडामा आएर आमा बुवाहरु संग आत्मीय बिहानी कार्यक्रमको आयोजना गरेकोमा आफु एक्दमै खुसी महसुस  गरेको बताए ।  

आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा आफूहरु समेत जेसिज संग सहकार्य गर्दै अघि बढ्ने बिश्वास ब्यक्त गर्नु गरेका छन ।त्यस्तै गरी दोश्रो कार्यक्रम शैक्षिक कोशेली बितरण कार्यक्रम बिराटनगर वडा नम्बर ३ मा रहेको निम्न वर्गका बालवालिकाहरुलाई अध्ययन गर्ने मदनआधारभुत विद्यालयमा सम्पन्न गरिएको थियो ।

कार्यक्रमका आफ्ना बिचार राख्दै प्रमुख अतिथी बिराटनगर महानगरपालिका वडा नम्बर – ३ का वडाध्यक्ष बासु बस्नेतले आफ्ना बिचार राख्दै निम्नवर्गका बालवालिकाहरुलाई अध्यन गर्ने विद्यालयमा सानो भन्दा सानो अध्ययनको सामग्री बितरण ठुलो योग्दान र महत्वपुर्ण हुने हुँदा शैक्षिक तथा खेलकुद सामाग्री बितरण गरेकोमा आफु खुशि हुनुको साथै उनले आभार ब्यक्त गर्दै आगामी दिनमा समेत सहकार्य गर्दै अघि बढ्ने बताउँदै युवाहरुलाई स्वदेश प्रतिको माया जगाउँदै नेपालमा नै आफ्नो पौरख देखाउने क्षेत्रतिर अघि बढाउने जेसीजले कदम चालेकोमा निकै उदेश्यमुलक काम भएको जोड दिएका छन ।

डेंगु बुझौं , बचौं र बचाऔं कार्यक्रम साउन १६ मंगलबार बिहान ७ बजे देखि ऋषिदेव बस्ती मिल्स क्षेत्रको एरियामा गरिने भएको छ । साथै सुरक्षित महिनावारी, सुरक्षित उनि कार्यक्रम साउन १७ गते बुधबार दिउँसो १२ : ३० बजे देखि जेसी बाल सदनमा हुने साथै एक रक्तदान बचाउँछ ३ बढी को ज्यान कार्यक्रम साउन १८ गते बिहिबार बिहान करिब ७ बजे मोडर्न एरा स्कुलमा हुने र आयल निगममा स्वस्थ जनता, स्वस्थ नगर साउन १९ गते शुक्रबार बिहान ९ बजे ऋषिदेव बस्ती घिनाघाटमा हुने र समापन, स्वच्छ व्यवस्थित कार्यक्रम संसारीमाईस्थान कार्यक्रम साउन २०‌‌ गते शनिबार बिहान ८ बजे देखि संसारीमाइस्थानमा सम्पन्न हुने बिराटनगर जेसीजका महासचिव अमित अग्रवालले बताएका छन ।

बिराटनगर जेसीजका अध्यक्ष अभिनास थापाका अनुसार बिराटनगर जेसीजले मुलत नेतृत्व र ब्यक्तित्व बिकास गराउने संस्थाका रुपमा परिचित संस्था रहेको भए पनि परेका बखतमा सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेको स्मरण गराउदै संस्था ५० बर्ष पुगेको अवसर पारेर विभिन्न समयमा गरिने कार्यक्रमलाई एकीकृत गर्दै सेवा सप्ताह कार्यक्रम सुरु गरेको बताए ।

 सो कार्यक्रमा  बिराटनगर जेसीजका बोर्ड पदाधिकारी ,पूर्व अध्यक्ष जुनियर जेसीज लगायत समाजका विभिन्न ब्यक्तित्वकोहरुको समेत उपस्थिति रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved