महेन्द्र मोरङ क्याम्पसको ६९ औं स्थापना दिवशमा ५जना सम्मानित

  • साउन १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले आफ्नो ६९ औं स्थापना दिवस मंगलबार मनाएको छ । उक्त अवसरमा कजेजका उत्कृष्ट तीन प्राध्यापक र दुई कर्मचारीलाई सम्मानित भएका छन ।

सम्मानित हुने प्राध्यापक यामनाथ पौडेल, डा. शशितकुमार यादव र विजयहरि खतिवडा रहेका छन भने कर्मचारी तर्फ अनिल कणर् र दामोदर कोईराला सम्मानित भए छन । उनीहरुले आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनाले बताए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा .डा. कृष्ण पोखरेले क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिना, डा सुशील अधिकारी ,सहायक प्रमुख शिवनारायण चौधरी र उमेश यादव, प्राध्यापक एकाई संघका अध्यक्ष डा.प्रमोद खेरवारले सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रा. डा. पोखरेलले विश्वविद्यालयको पढाईमा गुणस्तर भए र सरकारद्वारा सहज रोजगारको व्यवस्था भए युवाले पढ्न र रोजगारीको लागि विदेश जानु नपर्ने बताए । उनले मोरङ क्याम्पसमा नै आफूले पढेको र प्रारम्भिक कालमा प्राध्यापन पनि गरेकोले त्यसबेला वार्षिकोत्सव भव्य हुने गरेको स्मरण गराए ।

सो अवसरमा सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले महेन्द्र मोरङ क्याम्पसकको इतिहास बारे केहि व्याख्या समेत गरेका थिए । पुरस्कृत व्यक्ति छनोट समितिका सदस्य डा. मोहन सुवेदीले उत्कृष्ट प्राध्यापक र कर्मचारी छनोट गर्ने कार्य समितिले निष्पक्ष रुपमा सम्पन्न गरेको जानकारी गराउदै क्याम्पसको विकास र प्राज्ञिक उन्नयनको लागि प्राध्यापक र कर्मचारी सबैको उतिकै महत्पुर्ण भूमिका रहेको बताए ।

स्ववियू सभापति जसवन्त पौडेलले क्याम्पसको वार्षिकोत्सव विद्यार्थीका लागि पनि हुनु पर्नेमा जोड दिए । सम्मानित प्राध्यापक यामनाथ पौडेलले सम्मानले सम्मानित हुने सबैमा जिम्मेवारी अझ बढेको महशुस गरेको बताउदै कलेजलाई धन्यवाद दिएका छन।महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस २०१२ साउन १६ गते स्थापना भएको र सोही अवसर र मितिको आधारमा  विगत पाँच वर्षदेखि क्याम्पसले साउन १६ गते स्थापना दिवस उत्कृष्ट प्राध्यापक र कर्मचारी सम्मान गरी मनाउदै आएको छ ।

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved