बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम सम्पन्न

  • साउन १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 बिराटनगर / बिराटनगर जेसीजले डेङ्गु सचेतना तथा झुल बितरण कार्यक्रम बुधबार सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष उद्धब कुमार भुजेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको छ ।

बिराटनगर १६ मा रहेको ऋषिदेव बस्तीका ६० घरपरिवारलाई झुल बितरण गरिएको थियो भने सचेतना कार्यक्रममा जनस्वास्थका क्षेत्रमा कार्यरत जीवन कुमार यादबले डेङ्गु बाट कसरी बच्न सकिन्छ ।

कस्ता किसिमको सावधानी अपनाउनु पर्छ, डेङगु फैलन सक्ने कारण के– के हुन डेङगु लागेपछि गर्नु पर्ने उपचार, कसरी यस बाट जोगिन सकिन्छ भन्ने बारेमा स्थानिय भाषामा प्रस्तुती दिएका थिए कार्यक्रम संयोजक ममता रिमालले बताएकी छन ।

बिराटनगर जेसीजले समाजमा समस्या परेको खण्डमा सदैव सेवाकाे कार्य गर्दै आइरहेको र हालको अवस्थामा पुर्व क्षेत्रमा देखिएको डेङ्गु प्रकोपलाई मध्यनजर गर्दै सचेतना सहितको झुल बितरण कार्यक्रम आयोजना गरिएको बिराटनगर जेसीजका महासचिव अमित अग्रवालले बताएका छन ।

जेसीजको सेवा सप्ताह अन्तर्गत महिनावारी सचेतना कार्यक्रम ,रक्तदान, स्वास्थ्य शिविर र संसारीमाइ स्थान सरसफाइ अभियान लगायतका कार्यक्रम सम्पन्न हुने बिराटनगर जेसीजले जनाएको छ ।

महानगर तथा अन्य संस्था भन्दा विराटनगर जेसिज डेंगु प्रति बढि सचेत रहेर स्थानिय  जन समुदायमा सचेतना र सुरक्षीत रहन गरेको सेवा कार्य  देखेर स्थानियवासि नागरिकहरुले खुसी व्यक्त गरेका छन ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved