संखुवासभामा भालुको आक्रमण

  • जेठ ७, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

संखुवासभा/ संखुवासभामा भालुको आक्रमणबाट एक पुरुष सख्त घाइते भएका छन् ।

भालुको आक्रमणमा परेर मकालु–३ थाक्रामका ३८ वर्षीय किरण राई गम्भीर घाइते भएको हुन । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवनबावु खड्काका अनुसार बिहीवार दिउँसो पानी ट्याङ्की निर्माण गरेर फर्किदै गरेका राईलाई भालुले आक्रमण गरेर घाइते बनाएको थियो ।

भालुको आक्रमणबाट घाइते भएका राईलाई थप उपचारका लागि शुक्रबार जिल्ला अस्पताल ल्याइएको थियो ।

स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि जिल्ला जिल्ला अस्पताल ल्याइएको बताइएको छ । भालुको आक्रमणबाट उनको तिघ्रो र शरीरका विभिन्न भागमा चोट लागेको छ । निकुञ्ज क्षेत्रभित्र भालुके आक्रमणबाट हालसम्म एक दर्जन व्यक्ति घाइते भएको निकुञ्ज कार्यालयले जनाएको छ ।

मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको उक्त क्षेत्रमा वर्षेनि भालुको आक्रमण बढ्दै गएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved