सदियौ देखिकोको सन्सारी पूजा विजयपुरमा नियमित हुदै " यसको जगनामा स्थानीय नै लागेका छन्"

  • जेठ ६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान / हिन्दु सनातन धर्मालम्बीहरुका यस्ता धेरै पर्वहरु झन जुन प्राय  लोप हुने अवस्थामा छन् । यस्ता पर्वहरु पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेका हुन् ।

तर धरान १४ विजयपुरका बासिन्दाहरुले भने बर्षमा एक पटक शनिवार पारेर गर्ने सन्सारी पूजालाई बर्षेनी गर्दै आएका छन् । विजयपुरमा नाम प्रचलित भएका मन्दिरको मात्र चर्चा हुने गरे पनि सन्सारी पूजाका दिन भने यस्ता ओझेलमा परेका सबै मन्दिरको पूजाआजा गर्ने प्रचलन रहेको छ ।

खडेरी नपरोस,अन्नबाली राम्ररी सप्रियोस, सबैलाई सुख शान्ति मिलोस् भन्ने अभिप्रायल बर्षेनी गरेको यो पूजामा विजयपुरका स्थानीयहरु स्वस्फूर्त रुपमा सहभागी हुन्छन,पूजा अनि प्रसाद ग्रहण गर्छन् ।

सामुहिक रुपमा गरिने यो पूजामा घरघरबाट सहयोग जुटाउने गरिएको छ ।

sansari-puja-pp-22

सन्सारी पूजा गर्दा भोग चल्ने र नचल्ने दुई प्रकारका मन्दिरमा छुट्टाछुटटै पूजा गर्ने गरिएको बर्षेनी पूजामा पूजारीका काम गदै आएका डम्बरबहादुर आले बताउँछन् ।

उनी भन्छन्–‘मैले थाहा पाएदेखि नै सन्सारी पूजा हुने गरेको छ, सनिवार पारेर यो सालमा एकपटक गरिन्छ,विजयपुरमा भएको देवी देवताको पूजा गरिन्छ,बलि खाने ठाउँमा बलि दिइन्छ,नखाने ठाउँमा फूल अक्षता नरिवल लगाय चढाइन्छ ।’

उनका अनुसार सबै देवीदेवताको पूजाआजा गरिसकेपछि डोलमा घोडा बनाएर बाजागाजाका साथ पञ्चकन्या नजिकको डाँडामा जाने,त्यहा पुगेर सन्सारी पूजा गर्ने प्रचलन भएको उनी बताउँछन् ।

उनी भन्छन्–‘यो परम्परादेखि नै चलिआएको हो, रोग व्याधी नलागोस्,बर्षा होस्, अन्नपानी होस् भन्ने कामना यो पूजामा गर्ने गरिन्छ ।’

sansari-puja-pp-33

विगतदेखि नै सन्सारी पूजामा विशेषम रुपमा खटिदै आएका हर्कबहादुर आले मगरले पिण्डेश्वरी,दन्तकाली,पञ्चकन्या, बुढासुब्बालगायत विजयपुरमा भएका सबै देवी देउतालाई पूजाआजा गरिसकेपछि पञ्चकन्या मन्दिर छेउको डाँडामा पूजाआजा सकिसकेपति गर्दै बेलुका बुढासुब्बा मन्दिरमा प्रसादको रुपमा ग्रहण गर्ने गरेको बताए ।

उनी भन्छन्–‘हामीले थाहा पाएदेखि नै यो पूजा गर्दै आएका छौं यो पूजामा अहिलेका पुस्तालाई समेटेर सिकाउदै गएका छौं, भविष्यमा लोप नहोस् भन्ने हाम्रो मुख्य लक्ष्य नै हो ।

उनले विजयपुरमा प्रचलित मन्दिरबाहेक धेरै मन्दिर चर्चामा नभएको बताउदै चर्चाामा नभएको गादी गणेश, पाचभाई मन्दिर जसको नाम समेत धेरैले नसुनेको बताउदै बर्षमा एक पटक सन्सारी पूजाका दिन भने यी सबै मन्दिरमा पूजाआजा गरिने बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved