किरात राईहरुको संस्कृति बुझाउन मन्टेश्वरीमा सोकला सिली नाच

  • जेठ ४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । आधुनिक रहनसहनकै कारण अहिलेका पुस्ताले आफ्नै भाषा, संस्कृति विर्सदै गएको अवस्थामा ग्रासरुटबाट यसको संरक्षण गर्ने आवश्यकता सरोकारवालाहरुले महसुस गरेका छन् ।

यसैलाई मध्यनजगर किरात राई खेलकुद संघ सुनसरीले किरात राईहरुले उद्यौली र उभौलीमा नाच्ने गरेको साँस्कृतक नाच ‘साकेलासिली’ बालबालिकालाई सिकाएको छ ।

खेलकुद संघका कलाकारहरुले बुधबार बिधालयका बालबालिकालाई ढोल झ्याम्टा सहित साकेला सिली सिकाउनुका साथै साकेला नाच प्रदशनी समेत गरेका थिए ।

मण्टेश्वरीका अध्यक्ष गौरबमान श्रेष्ठले बालबालिकालाई विभिन्न जात जातिको भाषा र संस्कृति जानकारी गराउन तथा संस्कृतिको पहिचान गर्दै आत्मसात गर्न प्रेरित गर्ने उद्देश्यले किराया खेलकुदसँग सहकार्य गरी यो कार्यक्रमको आयोजना गरिएको वताए ।

उनले भने,‘हामीले पढाई मात्रै होइन,पढाईका अलवा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न जात जातीको कला र सस्कृतिलाई पनि सिकाउँछौ, यस अघि लाखे नाँच देखाएका थियौ, यसपालिदेखि किराँत राईहरुको सस्कृति साकेला नाच सिकाएका हौ ।’

कार्यक्रममा किराँत राई यायोक्खा, सुनसरी सदस्य एवं किराया खेलकुद संघ, सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बालबालिकाहरुलाई किरात राईहरुको चाड उभौलीमा नाचिने साकेला सिलीको विषयम जानकारी दिएका थिए ।

उनले सो अवसरमा किराँत राईहरु प्रकृति पुजक भएको्, उभौली किरातिहरुको महान चाड रहेको, यो चाड उभौली बैशाखे पुर्णिमादेखि विधिवत ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म आगनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाचेर मनाउने गरिएको कुरा बालबालिकालाई बताएका थिए ।

उनले अन्नबाली लगाउने बेला समय साल राम्रो होस, अन्नवाली सप्रियोस, सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख, शान्ति होस् भन्ने कामना गर्दै सिमेभुमे पुजा गरी साकेला नाच्ने कुरालाई पनि उनले बालबालिकालाई जानकारी दिएका थिए ।

उनले साकेला पर्व बर्षमा दुईपटक मनाउने गरिएको जानकारी दिँदै वैसाखे पूर्णिमामा उभौली र अन्नबाली थन्काउने बेलामा मनाइने अर्थात मंसिर पूर्णिमामा मनाइने उद्योगी पर्व भन्ने गरिउको बालबालिकालाई जानकारी दिएका थिए ।

साकेला नाच प्रदर्शनीमा महिला बास्केटबलका राष्ट्रिय खेलाडी डा. आशा राई, प्रदेश १ खेलाडी तनु राई, निरुता राई, दिवस राई लगायतको सहभागिता रहेको थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved