मेयर हर्क साम्पाङको फेसबुक पेज ‘हर्क ए रेभुलेसनमा संगतिको बर्षा’

  • जेठ ४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फुर्सदको समयमा आफ्नै फेसबुक ‘हर्क साम्पाङ ए रेभुलेसन’ मार्फत संगीत पस्किने गर्ने गरेका छन्

हातमा एउटा गीतार बोकेर उनले पस्केको संगीतलाई धरानेहरुले मनोरञ्जनको माध्यमको रुपमा लिने गरेका छन् ।
केही समय अगाडि साम्पाङले पस्केको नयाँ गीत ‘भाग पर भाग भाग’ सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्दा धरान लगायत धरान बाहिरका सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका थिए ।

कसैले कमेन्टमा मेयर सावको संगीत मोह बढ्दै गएको छ,कसैले वाहियात गीत प्रस्तुत गरेको, कसैले देशभक्ति गीत त कसैले साम्पाङको गीतले मनोरञ्जन प्रदान गर्ने खालका कमेन्टहरु आएका थिए ।

भ्रष्टाचारीलाई लक्षित गरी गाइएको यो गीत पछि उनले आफ्नै पेशबुक पेचमार्फत अर्को गीत पस्के । ‘गुइँठे’ शीर्षकको गीतबाट सामाजिक सञ्जालमा संगीतको शुरुवात गरेका उनले पछिल्लो समय ‘के को लाज के हो लाज माटो छुनु के को लाज’ भन्ने गीत प्रस्तुत गरे । यस गीतमा पनि सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् ।

भ्रष्टाचार, कुरिति र श्रम गर्न प्रेरित भएका उनका गीतले सन्देश दिने प्रयत्न गरिए पनि उनी आफै विवादमा फस्दै गएपछि भने उनले प्रस्तुत गरेको गीत सन्देशको रुपमा भन्दा पनि मनोरञ्जन, मजाकको रुपमा सर्वसाधारणले लिने गरेका छन्।रमाइलोेकै लागि भए पनि दिनमा एक पटक हर्क साम्पाङको फेसबुक फेज खोल्ने गरेको सर्वसाधारण बताउँछन् ।

नाम बताउन नचाहेका धरानका एक सर्वसाधारणले हर्क साम्पाङले प्रस्तुत गरेको गीत देशभक्ति, देशमा केही गर्नुपर्छ, युवालक्षित र श्रमसँग सम्बन्धित छन् । राजनीतिक दलप्रतिको वितृष्णाका कारण स्वतन्त्र उमेद्वार हर्क साम्पाङले जिते पनि धरान विकासमा ‘भिजन नभएको मेयर’ को रुपमा सर्वसाधारणले दर्ज गरेका छन् ।

चुनावताका नै उनले धरानको खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा बोकेर आएका साम्पाङले निर्वाचित भएर आएपछिको एक बर्षको अवधि खानेपानीमै ल्याउने कुरामा ध्यान केन्द्रित गरे । त्यसैले पनि हुन सक्छ उनको गीतमा श्रमदानलाई बढी जोड दिएको पाइन्छ। श्रमदानलाई लक्षित गरेर केही समय अगाडि उनले‘श्रमदान देउ,मेरो लागि होइन देशका लागि हो’ भन्ने गीत सामाजिक सञ्जालमा प्रस्तुत गरेका थिए ।

त्यसपछि उनले किराती भाकामा प्रस्तुत ‘देश विकासमा जुटौ’ भन्ने गीतको कमेन्टमा हेर्ने हो भने अधिकांशले ‘मजाक’ को रुपमा लिएका छन् थोरैले मात्र सकारात्मक कमेन्ट गरेको पाइन्छ।’उनले गीतमार्फत व्यांग्य प्रस्तुत गर्ने गरे पनि उनी आफै विवादमा पर्ने गरेका कारण थोरैले ज्ञानको रुपमा ग्रहण गरे पनि अधिकांशले ‘मनोरञ्जनको’ को रुपमा पनि लिने गरेको पाइन्छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved