विद्यालय स्तरदेखि नै आवश्यक छ विपदसम्बन्ध सचेतना

  • जेठ ६, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /सशस्त्र प्रहरी बल कंकालिनी गण हेटक्वाटरले आयोजना गरेको जल उत्पन्न विपद प्रतिकार्य अभ्यास कार्यक्रम विराटनगरमा आयोजना गरिएको छ ।

विद्यालय तहदेखि नै विपद रोकथाम, नियन्त्रण, उद्धारलगायतका विषयमा सचेतना जगाउनलागि तालिमको आयोजना गरिएको बताइएको छ ।तालिमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै विपदका विषयमा जानकारी दिनुपर्नेमा जोड दिए ।

मेयर कोइरालाले असावधानीका कारण हरेक वर्ष बाढीपहिरोमा ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यस्ता तालिम विपद व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताए ।

कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले वर्षाको माौसम सुरु हुन लागेकाले बाढी र डुबानको जोखिमबाट बच्न तयारी अवस्थामा बस्न यस्ता तालिमले सहयोग पुग्ने बताए । उनले गाउँपालिकाले विपद व्यवस्थापनका लागि विभिन्न योजना अघि सारेको सुनाए ।

मोरङका प्रमुख जिल्ला अधिकारीले मोरङ विपदका हिसाबले उच्च जोखिममा रहेको जिल्ला भएको जानकारी दिएका थिए । सशस्त्र प्रहरकिो कंगालिनी बहारा बाहिनीका प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले डुबान र बाढीमा फसेकाहरुलाई उद्धारका लागि सशस्त्र प्रहरीसित दक्ष जनशक्ति रहेको जानकारी दिए ।

उनले अहिले सशस्त्र प्रहरीसित ५५ जना गोताखोर रहेको बताए । निकट भविष्यमा एक सय जना गोताखोरको संख्या बनाएर हरेक प्रदेशमा १० जना राख्ने व्यवस्था मिलाउने उनको भनाइ थियो । कंगालिनी गणका प्रमुख एसपी तीर्थकुमार थापाले सशस्त्र प्रहरीले विगतदेखि नै विपदका बेला राहत र उद्धारमा खटिँदै आएको बताएका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved