‘युवा अवस्थामा नै सुगर र प्रेसरको समस्या’

  • वैशाख १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / व्यस्त जीवन र खानपान र शारीरिक व्यायामको अभावका कारण युवा अवस्थामा नै मधुमेह र उच्च रक्तचापको समस्या देखिदै आएको छ । बढ्दो मधुमेह र उच्च रक्तचापलाई मध्यनजर गरी धरान ६ पानवारीस्थित पानवारी सामुदायिक वन उपभोक्ता समुहले स्वास्थ्य शिविर आयोजना गरेको छ ।

एक दिने निशुल्क स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
शिविरमा २ सय ६० जना भन्दा वढीको निःशुल्क रुपमा स्वास्थ्य जाँच गरिएको थियो । विपी प्रतिष्ठानका न्युरो फिजिसियन डा.भूपेन्द्र साहका अनुसार शिविरमा आएकामध्ये अधिकाँस विरामीहरु सुगर र प्रेसरका विरामी थिए ।

सो अवसरमा डा साहले सन्तुलित भोजन र शारीरिक व्यायाम नियमित गर्न सके मधुमेह र उच्च रक्तचाप सामान्य रोग भएको बताए । उनले भने ‘यो रोग सामान्य नै हो तर हेलचेक्राई र लापारवाहीका कारण जीवन र मरणको दोसाधमा पुग्न सकिन्छ, स्वस्थ्य जीवनका लागि खान पान, नियमित रुपमा शारिरिक व्यापाम, तनाव नियन्त्रण गर्नु आवश्यक छ ।’

उनले युवा अवस्थामा मधुमेह र उच्च रक्तचापका विरामी बढ्दै गएकोले वडावडामा सचेतनात्मक कार्यक्रम अगाडि लिएर जानुपर्नेमा जोड दिए । वताउँनुहुन्छ ।
मधुमेह र उच्चरक्तचापका कारण समयमै सचेत नहुँदा पक्षघात सम्म हुन सक्ने चिकित्सकहरुले सर्वसाधारणलाई सुझाएका छन् ।

स्वास्थ्य शिविरमा प्रतिष्ठानमा न्युरो फिजिसियन डा. भुपेन्द्र साह, न्युरो सर्जन डा.आलोक दाहाल, न्युरो साइक्रियाटिक्स डा.संजीवकुमार मिश्र, जेनेरल फिजिसियन, फेलोसिप इन डायबिटिज डा.अजय यादव, वृद्ध–वृद्धा रोग विशेषज्ञ डा.उर्जा भट्टराई, डा.हर्षित अग्रवाल, डा.हरिसबहादुर मल्ललगायतले चेकचाँजमा आएका विरामीको निःशुल्क स्वास्थ्य जाँच गरेका थिए ।

वन समुहका उपभोतmासँगै समग्र ६ नं. वडाबासीको स्वास्थ्यलाई मध्यनजर गरेर पानवारी सामुदायिक वन समुहले एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको वन समूहका अध्यक्ष भुपाल (कृष्णकुमार ) राईले बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved