‘उद्योग क्षेत्रमा देखिएका समस्या तत्काल समस्या हुन्छ’

  • वैशाख १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा भएको लोडसेडिङको समस्या समाधानको लागि पहल गर्ने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफलमा बोल्दै उनले उद्योगी तथा व्यवसायीलाई समाधानको पहल गर्ने अश्वासन दिएका हुन् ।

मुख्यमन्त्री कार्कीले भने ‘ अनियमित लोडसेडिङले उद्योगी तथा व्यवसायीहरुलाई मार परेको छ यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्काल छलफल गरेर समाधान गर्ने प्रयास गर्छु ।’

उनले उद्यमीहरुले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भइसकेको बताउदै पुनः यस सम्बन्धमा उद्यमीहरुको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैकका गभर्ननरलाई छलफल गराउने आश्वासन दिलाए ।

उनले भने– ‘उद्योग व्यवसाय क्षेत्रका कुन कुन नीतिलाई प्रथामिकता दिनुपर्ने र के कस्ता नीति निर्माण गर्दा तपाईहरुका समस्या समाधान हुन्छन, बजेट निर्माणका क्रममा मलाई सुझाव दिनुहोस ।’

नीजि नीजि क्षेत्र वलियो भएमात्र मुलुकको आर्थिक विकास एवं समृद्धि कायम हुने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधिन पूर्वाधारहरुलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्नुपर्ने बताउदै लोडसेङ्गि नै गर्नुपरे तालिका सार्वजनिक गर्न माग गरे ।
होटल सघ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चालन गर्न पहल गर्नुपर्नेमा जोड दिए । मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले राज्यबाट उद्यमीहरुले कुनै सहयोग नपाएको गुनासो गदैै युवाहरु उद्योग व्यवसाय क्षेत्रमा आउन डराइरहेको बताए ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे,संघका पूर्व अध्यक्षद्वय पवन शारडा र प्रकाश मुन्दडा, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री लगायतले बैंकले निक्षेपमा व्याज घटाए अनुसार ऋणमा घटाउनु पर्ने, भन्सार मूल्याङन समायोजन गरी सीमा क्षेत्रको नेपाली बजार गुलजार बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved