धरानमा २४ औं मनमोहन स्मृति दिवस

  • वैशाख १४, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /धरान उपमहानगर १५ श्यामचौकमा रहको स्व. मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरेर बुधबार २४ औ मनमोहन स्मृति दिवस मनाएको छ ।

नेकपा एमाले धरान १५ वडा कमिटीको आयोजनामा भएको सो कार्यक्रममा नेकपा (एमाले) का संस्थापक अध्यक्ष तथा प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिस्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको बताइएको थियो ।

१५ वडाकमिटी अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति १.प्रदेश सुनसरी क्षेत्र न.१.सांसद तथा प्रदेश सचिवालय सदस्य रमेश बस्नेत रहेका थिए ।

स्मृति दिवसमा नेकपा एमाले १ नं. प्रदेश इन्चार्ज मुरारी सुवेदी, प्रदेश कमिटी सदस्य तथा सुनसरी क्षेत्र न.१ समन्वय समिति सह इन्चार्ज प्रकाश राई, कोशी प्रदेशका सांसद बिजय राई, एमाले धरान नगर कमिटी सचिव राजेन्द्र राइ, धरान उपमहानगरपालिका वडा नं. १५ वडाध्यक्ष नरेश इवारम लगायतको उपस्थिति रहेको थियो ।

२०५१ सालमा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिष्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो ।
तत्कालिन सरकारका लोकप्रिय कार्यक्रमहरु अहिले पनि जनताले उत्साहका साथ स्मरण गरिरहेका छन् । पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved