‘उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनु पर्ने सन्देश दियो’

  • वैशाख १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरू संग कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहना अनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको बताए। उनले युवाको भावना अनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको उल्लेख गरे ।

उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी छ। अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह हुँदै वडा र टोलसम्म संगठन गर्नुपर्ने देखिएको छ कोइरालाले भने मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो।

अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ। नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने बताए । उनले हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको उल्लेख गरे । उनले भने, हारको जिम्मेवारी सबैले लिनुपर्छ ।

नेता कोइरालाले प्राप्त जनमतलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको प्रस्ट पारे ।त्यस्तै फरक प्रसंगमा नेता कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो अवस्थामा रहेको बताए । कोइरालाले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

संसदीय दलको मिटिङमा अर्थमन्त्रीको कुरा सुन्दा देशको अर्थतन्त्र निकै जटिल अवस्थामा छ,उनले थपे, तर पनि उहाँले सुधारका लागि सबै किसिमका उपायहरू लगाइरहनु भएको छ ।

नेता कोइरालाले आर्थिक रुपमा नेपाल श्रीलंकाको बाटोमा अहिले नै नगएको प्रस्ट पारे । तर बेलैमा बुद्धि पु¥याएर अर्थतन्त्र सुधारका लागि लाग्नु जरुरी रहेको उनले औंल्याए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved