शक्ति प्रदर्शन गर्दै धरानका मजदुरहरु

  • वैशाख १२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बैशाख १८ गते धरानमा मजदुरहरुले प्रदर्शन गर्ने भएको छ । १३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले मजदुरहरुको प्रदर्शन गर्ने तयारी गरेको हो ।

धरानमा रहेका जिफन्ट सम्बध युनियनका अध्यक्षहरुको भेलाले श्रमिकहरुको अधिकार क्रमशः कटौती हुँदै गइरहेको र राज्य पूँजी पक्षिय बन्दै गइरहेकाले त्यसको खबरदारीका लागि श्रमिक दिवसको अवसरमा प्रदर्शन गर्ने तयारीका साथ मजदुर नेता भीमज्वाला राईको संयोजकत्वमा १३९ सदस्सीय श्रमिक दिवस समारोह मूल समिति निर्माण गरेको छ ।

समितिमा रंगलाल गिरी र यामकला मग्राती सह संयोजक रहेका छन् । सचिवमा मुक्तिनाथ गिरी रहेका छन् । जिफन्ट सम्बद सदस्य युनियनहरुका धरानमा उपलब्ध केन्द्रीय नेताहरु र आठ वटा सदस्य युनियनहरुका स्थानीय कमिटीका सबै मूल समितिका सदस्य रहेका छन् ।

सन १८८९ मे १ देखि संसार भरीका श्रमिकहरुले मे दिवस मनाउदै आइरहेका छन् । यस पटक धरानमा हुने मे दिवसमा धरानका विद्यालयहरुलाई, सामाजिक संघसंस्थाहरुलाई र सबै राजनीतिक दलहरु र जनसंगठनहरुलाई निमन्त्रणा गरिने तयारी रहेको मजदुर नेता भीमज्वाला राईले बताए ।

सबैले मे दिवस बारे सुन्दै आएको र विद्यालयहरुमा पढ्दै आइरहेको भएपनि यो दिवस किन मनाइन्छ र यसको सुरुवात कसरी भएको हो भन्ने विषय आम रुपमा जानकारी नभएकाले सबैलाई सहभागी गराएर मनाउन लागिएको राइले बताए ।

सबैको सहभागीताले संसार निर्माणमा श्रमिकहरुको भूमिका र योगदानको बारेमा समाजका सबै तहका जनसमुदायमा अवगत हुने र श्रमप्रतिको सम्मान बढेर जाने राईले बताए ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved