आफ्नो टोलको विकासका लागि स्थानीय सक्रिय "विभिन्न समिति नै बनाएर विकासमा अग्रसर"

  • माघ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / आफ्नो टोल आफै बनाउ भन्ने अभिप्रायले धनकुटा नगरपालिका १, हिलेमा स्थानीयहरु टोलको विकासका लागि एक जुट भएका छन् । उनीहरुले आफ्नो टोलको शिक्षा, स्वास्थ्य, साँस्कृतिक लगायतका कुरामा विकास गर्न एक जुट हुँदै ‘हाट खोला समावेशी टोल बस्ती संगठन’ निर्माण गरेका छन् ।

उनीहरुले आफ्नो बस्तीमा रहेका सर्वसाधारणलाई रोजगारको व्यवस्था गर्दै शिक्षा, स्वास्थ्य लगायतका कुरालाई प्राथमिकतामा लिएर अगाडि बढ्ने उद्देश्यले संगठन निर्माण गरिएको बताएका छन् । सो संगठनमा ५१ घर परिवार समेटिएको छ । हाललाई उनीहरुले संगठनको तदर्थ समिति गठन गरेका छन् । उनीहरुले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दर्ता गरी यस क्षेत्रको विकासमा अग्रसर हुने योजना अगाडि सारेका छन् ।

गठित तदर्थ समितिको अध्यक्षमा भुपाल घले तामाङ रहेका छन् । यस्तै संगठनको उपाध्यक्ष पार्वती श्रेष्ठ, सचिवमा घनेन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा उर्मिला राई तथा कार्यसमितिको सदस्यहरुमा चेतकुमार राई, उर्मिला तामाङ र इन्द्रकुमारी राई चयन समेत गरिएको छ । चयनसँगै उनीहरुले सल्लाहकार समिति, सरसफाइ समिति, शिक्षा समिति, स्वास्थ्य समिति, लेखा समिति र साँस्कृतिक समिति गठन गरेका छन् ।

तदर्थ समितिका अध्यक्ष भुपाल घले तामाङले सरकारको मुख ताक्दा आफूहरुको टोल अत्यन्तै पछाडि परेकोले टोलको विकासका लागि पनि समिति गठन गरेर अगाडि बढेको बताए । उनले भनेआफ्नो गाउँ आफै बनाउ भन्ने मूल अभिप्रायले हामीले समिति गठन गरेका हौं, यसको मुख्य उद्देश्य टोलको समग्र विकास गर्नु नै हो ।’

सुधारका लागि उनीहरुले प्रवेश शुल्क वापत रु. २ सय, मासिक कोष शुल्क बापत रु. १ सय, प्रति परिवार उठाउने निर्णय गरेका छन् । उनीहरुले टोलमा भएका समस्या, गर्नुपर्ने कुराहरु, अन्य विकासका कुराहरुलाई मुल एजेन्डा बनाएर प्रत्येक महिनाको १ गते मासिक रुपमा अनिवार्य वैठक राख्ने निर्णय समेत गरेका छन ।

संगठन तदर्थ समितिका सचिव घनेन्द्रबहादुर घिमिरेले आफ्नो टोलको विकासका लागि आफै अग्रसर हुनुपर्ने आवश्यकता देखेर संगठन निर्माण गरिएको बताए । उनले भने–‘सुन्दर गाउँको परिकल्पनासँगै आम्दानीको स्रोत बढाउँदै प्रत्येक घर परिवारलाई आत्मनिर्भर बनाउने, गाउँमा नियमित सरफाई गर्ने लगायतका उद्देश्य यो संगठनको रहेको छ, गाउँलाई नमूना गाउँ बनाउन गाउँले जागरुक नभई हुँदैन भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेर संगठन गरेका हौें ।

संगठनले तत्कालै यो टोलबस्तीको भुगोल तयारी गर्ने तथा त्यो भुगोल भित्रमा बसोबासका आउने जुनसुकै समुदाय तथा तप्काका परिवारलाई सदस्यता बैज्ञानिक तरिकाले प्रदान गरिने जनाएको छ । यस टोलबस्ती संगठन भित्र बसोबास गर्ने ब्यक्तिहरुका लागि आयआर्जनका नयाँ नयाँ अवसरहरु सिर्जना गरिने समेत भेलाले निर्णय गरेको छ ।

सचिव घिमिरेका अनुसार संगठनले होमस्टेलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै फुलखेतीलाई प्रभावकारी आम्दानीको माध्यम बनाउने,तरकारी खेती, अर्गानिक रुपमा गरिने खेतीमा प्रबर्धनलाई प्रभावकारी बनाउने, सरसफाईलाई प्रभावकारी बनाउने, मुल्य श्रृखलाजन्य कृषि बस्तुहरुको प्रबर्धन तथा अन्य आम्दानीहरुको स्रोतहरु निर्माण गर्दै जाने समेत भेलामा छलफल गरिएको छ । उनले कार्ययोजना अगाडि बढाउँदा धनकुटा नगरपालिका, सरकारी निकायहरुसँगको सहकार्यलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने निर्णय गरिएको बताए ।

विभिन्न समिति नै बनाएर विकासमा अग्रसर

धनकुटा आफ्नो टोल आफै बनाउ भन्ने अभिप्रायले धनकुटा नगरपालिका १, हिलेमा स्थानीयहरु टोलको विकासका लागि एक जुट भएका छन् । उनीहरुले आफ्नो टोलको शिक्षा, स्वास्थ्य, साँस्कृतिक लगायतका कुरामा विकास गर्न एक जुट हुँदै ‘हाट खोला समावेशी टोल बस्ती संगठन’ निर्माण गरेका छन् ।

उनीहरुले आफ्नो बस्तीमा रहेका सर्वसाधारणलाई रोजगारको व्यवस्था गर्दै शिक्षा, स्वास्थ्य लगायतका कुरालाई प्राथमिकतामा लिएर अगाडि बढ्ने उद्देश्यले संगठन निर्माण गरिएको बताएका छन् । सो संगठनमा ५१ घर परिवार समेटिएको छ । हाललाई उनीहरुले संगठनको तदर्थ समिति गठन गरेका छन् । उनीहरुले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय धनकुटामा दर्ता गरी यस क्षेत्रको विकासमा अग्रसर हुने योजना अगाडि सारेका छन् ।

गठित तदर्थ समितिको अध्यक्षमा भुपाल घले तामाङ रहेका छन् । यस्तै संगठनको उपाध्यक्ष पार्वती श्रेष्ठ, सचिवमा घनेन्द्रबहादुर घिमिरे, कोषाध्यक्षमा उर्मिला राई तथा कार्यसमितिको सदस्यहरुमा चेतकुमार राई, उर्मिला तामाङ र इन्द्रकुमारी राई चयन समेत गरिएको छ । चयनसँगै उनीहरुले सल्लाहकार समिति, सरसफाइ समिति, शिक्षा समिति, स्वास्थ्य समिति, लेखा समिति र साँस्कृतिक समिति गठन गरेका छन् ।

तदर्थ समितिका अध्यक्ष भुपाल घले तामाङले सरकारको मुख ताक्दा आफूहरुको टोल अत्यन्तै पछाडि परेकोले टोलको विकासका लागि पनि समिति गठन गरेर अगाडि बढेको बताए । उनले भने आफ्नो गाउँ आफै बनाउ भन्ने मूल अभिप्रायले हामीले समिति गठन गरेका हौं, यसको मुख्य उद्देश्य टोलको समग्र विकास गर्नु नै हो ।

सुधारका लागि उनीहरुले प्रवेश शुल्क वापत रु. २ सय, मासिक कोष शुल्क बापत रु. १ सय, प्रति परिवार उठाउने निर्णय गरेका छन् । उनीहरुले टोलमा भएका समस्या, गर्नुपर्ने कुराहरु, अन्य विकासका कुराहरुलाई मुल एजेन्डा बनाएर प्रत्येक महिनाको १ गते मासिक रुपमा अनिवार्य वैठक राख्ने निर्णय समेत गरेका छन ।

संगठन तदर्थ समितिका सचिव घनेन्द्रबहादुर घिमिरेले आफ्नो टोलको विकासका लागि आफै अग्रसर हुनुपर्ने आवश्यकता देखेर संगठन निर्माण गरिएको बताए । उनले भने–‘सुन्दर गाउँको परिकल्पनासँगै आम्दानीको स्रोत बढाउँदै प्रत्येक घर परिवारलाई आत्मनिर्भर बनाउने, गाउँमा नियमित सरफाई गर्ने लगायतका उद्देश्य यो संगठनको रहेको छ, गाउँलाई नमूना गाउँ बनाउन गाउँले जागरुक नभई हुँदैन भन्ने कुरालाई हामीले प्राथमिकतामा राखेर संगठन गरेका हौें ।

संगठनले तत्कालै यो टोलबस्तीको भुगोल तयारी गर्ने तथा त्यो भुगोल भित्रमा बसोबासका आउने जुनसुकै समुदाय तथा तप्काका परिवारलाई सदस्यता बैज्ञानिक तरिकाले प्रदान गरिने जनाएको छ । यस टोलबस्ती संगठन भित्र बसोबास गर्ने ब्यक्तिहरुका लागि आयआर्जनका नयाँ नयाँ अवसरहरु सिर्जना गरिने समेत भेलाले निर्णय गरेको छ ।

सचिव घिमिरेका अनुसार संगठनले होमस्टेलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै फुलखेतीलाई प्रभावकारी आम्दानीको माध्यम बनाउने,तरकारी खेती, अर्गानिक रुपमा गरिने खेतीमा प्रबर्धनलाई प्रभावकारी बनाउने, सरसफाईलाई प्रभावकारी बनाउने, मुल्य श्रृखलाजन्य कृषि बस्तुहरुको प्रबर्धन तथा अन्य आम्दानीहरुको स्रोतहरु निर्माण गर्दै जाने समेत भेलामा छलफल गरिएको छ । उनले कार्ययोजना अगाडि बढाउँदा धनकुटा नगरपालिका, सरकारी निकायहरुसँगको सहकार्यलाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने निर्णय गरिएको बताए ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved