प्रेस युनियन प्रदेश एकको अध्यक्षमा नवोदित

  • माघ १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नेपाल प्रेस युनियन प्रदेश–१ को अध्यक्षमा पत्रकार मीनकुमार नवोदित निर्वाचित भएका छन् ।

3 (1) 1 विराटनगरमा सम्पन्न प्रथम अधिवेशनले कारोबार दैनिकका प्रदेश–१ संयोजक र मकालु टेलिभिजनका सहसम्पादकसमेत रहेका नवोदितलाई प्रदेशको संस्थापक अध्यक्षका रुपमा सर्वसम्मत निर्वाचित गरेको हो ।

नेपाल प्रेस युनियन मोरङका पूर्वअध्यक्षसमेत रहेका नवोदित दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय छन् ।
नवोदितको अध्यक्षतामा सर्वसम्मत निर्वाचित २८ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा ज्ञानेन्द्र निरौला (झापा), महिला उपाध्यक्षतर्फ जयन्तीकला तामाङ (उदयपुर) , समावेशी उपाध्यक्षमा शारदा तामाङ (भोजपुर), महासचिवमा संजीव वाग्ले (सुनसरी), सचिवमा सरोज निरौला (उदयपुर), महिला सचिवमा सरला रेग्मी (पाँचथर), समावेशी सचिवमा विनय वाराकोटी (सुनसरी) र कोषाध्यक्षमा कविराज घिमिरे (धनकुटा) निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा चुमन बस्नेत, दिनेश गिरी, निरोज कोइराला, नरेन्द्र राई, विनु खड्का, शिखरजंग श्रेष्ठ, दीपक काफ्ले, निशा दाहाल, रविना सुवेदी चयन भएका छन् ।

प्रथम अधिवेशनले संगीता सुहाङ, कल्पना कडरिया, हिमांशु राय, सुजन बज्राचार्य, ईश्वर चर्मकार, भाष्कर चौधरी, आशिष यादव, मिलन राई, खेमराज बराल र जीवन फूँयाललाई सदस्यमा चयन गरेको छ ।

यस्तै लेखा समिति संयोजकमा लक्ष्मी गौतम सर्वसम्मत निर्वाचित भए । लेखा समितिको सदस्यमा करुणा बस्नेत र पदमसुन्दर लामिछाने निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष नवोदितलगायत पदाधिकारीहरूलाई नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, उपमहासचिव अभयकुमार राई, सचिव रेजिना गौतम, पूर्वउपाध्यक्ष शेखर रेग्मी, पत्रकार महासंघका प्रदेश अध्यक्षसमेत रहेका निर्वतमान प्रदेश संयोजक लीलाबल्लव घिमिरे, प्रदेश अधिवेशन प्रतिनिधि दामोदर दवाडी, युनियनका नेता नविनबाबु राईलगायतले धाई तथा शुभकामना दिएका थिए ।

सो अवसरमा निर्वाचन समितिले गरेको माइन्यूटसमेत नवनिर्वाचित अध्यक्ष नवोदितलाई हस्तान्तरण गरेको थियो ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved