स्वास्थ्य बीमालाई प्रभावकारी बनाऊ

  • माघ ११, २०७९
  • कोशीपत्र/संवाददाता
alt

आधारभूत स्वास्थ्य सेवा हरेक नागरिकको मौलिक अधिकार हो । वर्तमान संविधानले पनि आधारभूत स्वास्थ्य उपचार सेवालाई सुनिश्चित गरिनुपर्ने उल्लेख छ । यसै मान्यताअनुरूप २०७२ सालमा सुरु भएको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाकै एक महत्वपूर्ण कार्यक्रम हो । त्यसै पनि स्वास्थ्य सेवा आधारभूत आवश्यकता हो । देश विकासका लागि पनि स्वस्थ जनशक्ति नै आवश्यक हुन्छ । त्यसैले स्वास्थ्य बीमा कार्यक्रमको महत्व स्वतः स्पष्ट छ ।   

हरेक नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकारको उद्देश्य र लक्ष्य हुनुपर्छ । स्वास्थ्य सेवामा विपन्न र गरिब नागरिकहरूको पहुँच नपुगेको अवस्थामा स्वास्थ्य बीमा कार्यक्रम निकै उपयोगी देखिएको छ तर यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउनु आवश्यक देखिन्छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निश्चित प्रकारका औषधी पनि उपलब्ध गराइने सरकारी घोषणा छ तर कतिपय स्वास्थ्य संस्थामा यो सुविधा प्रदा नगरिएको छैन । धरानकै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिरामीहरू स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत औषधी पाउनबाट वञ्चित छन् । 

यहाँ लामो समयदेखि यो सुविधा रोकिएको भए पनि यसलाई सञ्चालन गर्नेतर्पm प्रशासनको ध्यान जान सकेको छैन । यस सम्बन्धमा सर्वसाधारण र प्रेसले पटक–पटक आवाज उठाए पनि प्रतिष्ठान प्रशासनले बेवास्ता गर्ने गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित बनाउन स्वास्थ्य बीमा बोर्ड नैै गठन गरिएको छ तर अहिले पनि यसले अपेक्षित रूप लिन सकेको छैन । 

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हकको रूपमा व्यवस्था गरेको छ । संविधान प्रदत्त नागरिकको यही हकलाई मूर्त रूप दिन नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्न खोजिएको हो । स्वास्थ्य उपचारमा हरेक नागरिकको पहुँच पुर्याउनु वास्तवमै हरेक सरकारको लक्ष्य हुनुपर्छ । अब गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्छ । स्वास्थ्य बीमाद्वारा बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ । 

बीमा बोर्डले रकम भुक्तानीमा ढिलाइ गरेको कारण देखाउँदै वीपी प्रतिष्ठानले कतिपय अवस्थामा बीमा कार्यक्रम नै स्थगित गर्ने सूचना जारी गर्ने गरेको छ । यस्तो अवस्था दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्छ । गुणस्तरीय र निःशुल्क स्वास्थ्य सेवा विस्तारका लागि स्वास्थ्य बीमामा देखिएका समस्या तत्काल समाधान गर्नुपर्छ । विपन्न नागरिकहरूसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य बीमाको विकल्प छैन । त्यसैले बीमाको गुणस्तर सुधारका लागि पहल गर्नु सरकारको प्राथमिक कार्य हुनुपर्छ । स्वास्थ्य बीमाको गुणस्तर सुधार गरी पूर्णतया कार्यान्वयनमा ल्याउने व्यवस्था मिलाउनु आवश्यक छ । बीमाको दायरालाई अझ फराकिलो बनाउँदै यो कार्यक्रमलाई थप व्यवस्थित गरिए मात्र गरिब तथा विपन्न नागरिकहरूले स्वास्थ्य सेवा पाउने निश्चित छ । 

 

 

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved