मेघा र सियोन बने च्याम्पियन

  • माघ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।
शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए ।

बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी एमभिपी पुरुष तर्फ धरान मेघाका योगेश राई र महिला तर्फ सियोन स्कुलका सेरिना लिम्बू घोषित भइन । प्रतियोगिताका हाइ स्कोरर पुरुष तर्फ लोटस स्कुलका सावन माझी र महिला तर्फ पर्वत स्कुलका स्वेता राई घोषित भइन । सावनले प्रतियोगिता भरी तीन खेलबाट ब्यक्तिगत २५ अङ्क र स्वेताले २७ अङ्क जोडेका थिए । उनिहरुले मेडल र प्रमाणपत्र प्राप्त गरे ।

धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख सम्भुप्रसाद पाण्डेको प्रमुख अतिथ्यमा सम्पन्न समापन कार्यक्रमका बिजेता तथा उपबिजेता खेलाडीहरुलाइ कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बू, बिशेष अतिथी नेपाल बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगरलागयतले पुरस्कार बितरण गरेका थिए ।

एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत संपन्न बास्केटवल प्रतियोगितामा कक्षा १२ सम्मका महिला तर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएका थिए । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा संपन्न प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved