सुरक्षित आप्रवासन परियोजना १ सय ५६ स्थानीय तहमा सञ्चालन

  • माघ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ ।
स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ ।

सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।
सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रवावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउँछन ।

खास गरेर यसले विदेश जानेहरुका लागि सूचनाको पहुच पु¥याउने, मनोसामाजिक परामर्श प्रदान गर्ने, जस अन्तर्गत विदेशम रहेर दुःख पाएका, मृत्यु भएकाहरुको घरघरमा गएर मनोपर्श दिने, न्यायमा पहँुच कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारमा गएकाहरु समस्यामा परे, ठगीमा परे, मृत्यु भएमा न्यायमा पहुँच पुहुच पु¥याउने र मृत्यु भएको खण्डमा नेपालसम्म शव ल्याइदिने, उनीहरुलाई परेको समस्यामा कानूनी परामर्श गरिदिने जस्ता काम सामीले गर्ने भट्टराई बताउँछन् । उनले भने ‘ मनोपमर्शादार्ताहरुले धरानमा ४८ जनालाई परामर्श दिएको दिएको छ, हाम्रो काम भनेको सहजीकरण गर्ने हो ।’
उनले नेपाली युवाहरु उमेर पुग्ने वित्तिकै वैदेशिक रोजगारीमा जाने तर धेरै जसो ठगिने गरेको पाइएको बताउँदै नेपाल सरकारल वैदेशिक रोजगारीमा लाने एजेण्डलाईे प्रतिबन्ध लगाए पनि त्यो नरोकिएको बताए । उनले भने–‘आधिकारिक मेन पावरबाट नगई व्यक्तिलाई भरोसा गरेर धेरै युवा युवती विदेश जाने गर्दा ठगिएका छन्, आधिकारिक मेनपावरले मात्र वैदेशिक रोजगारमा लान पाउने भएकोले वैदेशिक रोजगारीमा लैजान्छु भन्दै आएको व्यक्तिलाई प्रहरी प्रशासनलाई खबर गरेर पक्राउ गर्न गर्न म अनुरोध गर्छु ।’

धरान उपमहानगरपालिकाको सभाहलमा धरानका २० वटै वडाध्यक्ष सम्मिलित कार्यक्रममा वडाहरुले समेत यस्ता कार्यका विरुद्ध सचेतना कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । धरान १० का वडाध्यक्ष विवेक राईले सामीको कार्यक्रमलाई स्थानीय तहबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने–‘सामीको कार्यक्रम अत्यन्तै राम्रो छ, सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारमा जानेहरुले जुनसुकै किसिमबाट समस्या नभोगुन भन्ने उद्देश्य रहेको छ, स्थानीय तहले पनि यस कार्यक्रमलाई सहयो्ग गर्छ ।’

सामीको कार्यालय जिल्ला प्रशासन कार्यालय सुनसरी नजिकै रहेको छ । लक्षित जिल्लामा गएर स्थानीय तहका प्रतिनिधिसम्म छलफल गर्ने देखि लिएर जिल्ला प्रशासन कार्यालय सुनसरीमा राहदानी बनाउन आउनेहरुलाई त्यहाँका कर्मचारीहरुले सामीमा गएर सूचना लिएर आउनु भनेर भनेर पठाइने गरेको छ ।

सामीको उद्देश्य नै वैदेशिक रोजागरीमा जानेले दुःख नपाउन, नठगिउन, बुझेरमात्र रोजगारीमा जाउन, मान्यता प्राप्त संस्थाबाट मात्र वैदेशिक रोजगारमा जाउन भनेर जनचेतना फैल्याउने काम गरेको छ । स्थानीय तहसँग मिलेर गरेको कामले सार्थकता पाउनेमा जनप्रतिनिधि, सरोकारवाला पक्ष समेत विश्सस्त देखिएका छन् ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved