प्रदेश १ ले घटायो मन्त्रालय तेह्रबाट नौमा झारियो

  • माघ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी / प्रदेश सरकारको मितव्यायिताको कुरा उठिरहँदा प्रदेश १ सरकारको मन्त्रालय घटाइएको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको हो ।
मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेर १३ वटा साविकका मन्त्रालयलाई ९ वटामा सीमित गरेको छ । मन्त्रालय घटाएसँगै मन्त्रालयको संरचनाको समेत टुंगो लगाएको छ ।

यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ । यस्तै मन्त्रिपरिषद्का्े बैठकले सरकारको प्रवक्तामा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलालाई तोकेको कछ ।

अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएका छन् ।

प्रदेश १ को मन्त्रीहरूको कार्यविभाजन अनुसार मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना, आन्तरिक मामला तथा कानुन मन्त्रालयको जिम्मेवारी हिक्मतकुमार कार्कीले लिएका छन्, यस्तै सडक पर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दुर्गाप्रसाद चापागाई, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी निर्मला लिम्बु, खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तिलकुमार मेन्याङ्बो, उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेबारी भक्तिप्रसाद सिटौला, सामाजिक विकास मन्त्रालयको् जिम्बेबारी बुद्धिकुमार राजभण्डारी र पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी जिम्मेबारी जीवन आचार्यले पाएका छन् ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved