पुतली लाइनको सडक विस्तार गर्ने विषयमा छलफल

  • माघ ६, २०७९
  • "स्नेहा श्रेष्ठ"
alt

विजयपुर/धरान १० को मेनरोड पुतली लाइनको सडकखण्ड विस्तार गर्ने विषयमा सरोकारवालाहरुबीच बुधबार छलफल भएको छ ।

वडा अध्यक्ष विवेक राईको सक्रियतामा छलफल भएको हो । छलफलमा नगरपालिकाले सडक निर्माणको लागि बजेट पारित गरेसंगै अध्यक्षले राईले वडावासीलाई सामेल गराई छलफल अगाडि बढाएका हुन् । सैनिक भवनमा भएको छलफलमा नगरपालिका योजना प्रमुख सुरज श्रेष्ठको समेत उपस्थिति रहेको थियो । धरानको व्यस्त बजारको रुपमा लिइएको धरान १० पुतली लाइनलाई धरानको विकासका लागि पनि सडक विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताइएको थियो । सडक विस्तार गर्ने क्षति नहुने तरिकाले बढाउनुपर्ने बताइएको थियो ।

२०५५ सालमा पुतली लाइनलाई ५० फिटे बाटो कायम गरेको थियो । तर विस्तारमा अवरोध भएपनि नगरपालिकाले विस्तार गर्न सकेको थिएन । तर अहिले नगरको कार्यपालिका बैठकले सडक विस्तारका लागि बजेट छुट्याएपछि विस्तार गर्ने विषयमा बुधबार वडाबासीहरुसँग छलफल राखिएको थियो ।

छलफलले स्थानीय घरधनी रितेश श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । संयोकज श्रेष्ठ नारायण पुतलीलाइन टोलविकास संस्थाको अध्यक्ष पनि हुन् । समितिको सदस्यहरुमा रेणुका तुलाधार, गीता तुलाधार, युवराज राई, उज्वल हवलाई, विमल उदाश, नविन राई, रामलाल सिकर्मी, मिलन श्रेष्ठ, कल्पना लिम्बु रहेका छन् भने वडा सचिव राम पौडेल समितिको सदस्य सचिव छन् ।

सर्वे टोलीले चाडै नै सर्वे गर्ने अध्यक्ष राईले जानकारी दिए । उनले भने ‘सडक विस्तार हुदा करिब १८ वटा घरलाई असर पर्ने देखिन्छ । असर पर्ने घरहरुलाई पनि धेरै ठुलो क्षति हुने देखिदैन, ‘सकेसम्म थोरै क्षति हुने भयो भने पिच नै ५० फिट र दुई दुई फिट ड्रेन बनाउने हो । धेरै क्षति हुने देखियो भने ४४ फिट पिच र तीन तीन फिट ड्रेन बनाउन सक्छौं ।’

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved