सोम्स कलेजद्वारा विद्यार्थीलाई सहयोग

  • माघ ८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ /  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।
छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए ।

बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् ।

विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुपमा काम गर्छन् । न्यूनतम आम्दानीबाट दुःखले कमाएको रकमले विहान बेलुका छाक टार्न समेत खवासको परिवारमा समस्या छ ।

सामाजिक कार्य तथा सानो भएपनि सहयोग हुन्छ भन्ने अभिप्रायले सोम्स कलेजमा अध्ययनरत छात्र, छात्रा तथा कलेज प्रशासन बाट रु ५० हजार नगद पीडितको घरैमा गएर दिएको कलेजका डाइरेक्टर रोशन धिमिरेले बताए । रकम हस्तान्तरण गर्न कलेजमा अध्ययनरत विद्यार्थीहरु, क्याम्पस प्रमुख लगायत सञ्चालकहरु समेत पिडितको घरमा पुगेर मनोवल उच्च राख्न सुझाएका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved