प्याब्सन स्पोर्ट्स मिटको अघिल्लो दिन ¥याली

  • माघ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्ध्यामा विराटनगरमा ¥याली निकालिएको छ ।

प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबार (आज) देखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो ।विराटनगरको सहिद मैदानदेखि निकालिएको ¥याली महानगरको विभिन्न भाग परिक्रमा गर्दै ट्राफिक चौकमा आएर सम्पन्न भएको थियो । ¥यालीमा प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, शिक्षक र विद्यार्थीहरूको सहभागि रहेको थियो ।

८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेका छन् । फुटबल जुट मिलको खेलमैदानमा अन्य खेलहरू विराटनगरस्थित सहिद मैदान, एभरेष्ट स्कुलको मैदानमा हुनेछन् ।

फुटबलमा मात्र १६ वटा विद्यालयले भाग लिनेछन् । फुटबलमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीहरूले भाग लिनेछन्

स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिनेछन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् । ‘यो प्याब्सनको महाकुम्भ हो,’ उनले भनिन्, ‘प्याब्सन स्पोर्ट्स मिटमा प्रत्यक्ष रूपमा एक लाख बढीले खेलहरूको अवलोकन गर्नेछन् । स्पोर्ट्स मिटको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले गर्नेछन् । प्याब्सन स्पोर्ट्स मिट सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष हुँदै आएको प्याब्सन् स्पोर्ट्स मिट दुई वर्षपछि हुन लागेको हो । यसअघि कोभिड १९ को कारणले नियमित रुपमा प्याब्सन स्पोर्ट्स मिट हुन सकेको थिएन ।

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved