विराट एक्स्पो " परम्परागत सिपका स्टलमा अवलोकनकर्ताको आकर्षण"

  • पुस २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा राखिएको परम्परागत सीपका स्टल अवलोकनकर्ताहरूको आकर्षणको केन्द्र बनेको छ । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा सञ्चालन भएको एक्स्पो पुष ६ गते सम्म सञ्चालन हुनेछ ।

‘विराट एक्स्पो २०७९ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’मा माटाका भाँडा र कपडा बनाएको धेरै जसोले नदेखेका कारण परम्परागत रुपमा माटोको भाँडा बनाउने र ढाका तथा खाँडीका कपडा बनाउने स्टल आकर्षणको केन्द्र बिन्दु भएको छ । कपडा बताउने तरिका धेरैलाई थाहा भएका कारण परम्परागत सीपको प्रयोग गरेर कपडा बनाएको हेर्न धेरैको आकर्षण बढेकोे पंधाक थाकुफुङजइत खाँडी तथा ढाका कपडा उद्योगका सञ्चालक टटबहादुर लिम्बू (पंधाक)ले बताए ।

परम्परागत शैलीबाट यहाँ कपडा बनाएको देखेर धेरै जना अचम्म परेको बताउँदै, लिम्बूले भने, ‘धेरै जना हाम्रो स्टलमा आएर कपडा बनाएको हेरेर र बुझेर गए । यहाँ आउने अधिकांशलाई परम्परागत
कपडा बुनाइ बारे थाहा रहेन छ ।’ एक्स्पोमा राखिएको परम्परागत माटोको भाँडा बनाउने स्टलमा पनि उस्तै भीड लाग्ने गरेको छ । माटोको भाँडा बनाएको हेर्न मात्रै नभई भाँडा बनाउन पनि पाइने भएकाले माटोको भाँडा बनाउने स्टलमा आकर्षण देखिएको हो । माटोको भाडा बनाएको हेर्न धेरै मानिसहरू आइरहेको भक्तपुरबाट आएका विनोद प्रजापतिले बताए । उनले माटोको भाडा बनाउन हेर्न तथा सिक्न र जान्नका लागि पनि मानिसहरु आएको बताए ।

परम्परागत प्रविधिको जगेर्ना गर्दै लैजानुपर्छ भन्ने मान्यताकासाथ एक्स्पोमा पराम्परागत सीपका स्टलहरू राखिएको आयोजक उद्योग संगठन मोरङले जनाएको छ । एक्स्पोमा पराम्परागत सामानहरू प्रत्यक्ष बनाएको हेर्न पाइने भएकाले युवा, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायीलगायत सबैलाई यी स्टलहरूले आकर्षित गरेको छ । एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । शुक्रबार प्रदेश १ मा लगानी प्रवद्र्धन गर्ने नीतिगत वातावरण, आर्थिक विकास र लगानी अवसरका क्षेत्रहरूका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुति गर्दै छलफल गरिएको थियो । त्यसैगरी शनिबार प्रदेश १ मा लगानीका सम्भावना र अवसरहरु तथा क्षेत्रीय सञ्जाल–सम्बन्ध र व्यापारिक अवसरको विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुति गर्नुका साथै छलफलसमेत हुनेछ । दैनिक साँगीतिक कार्यक्रमसमेत रहेको छ । शनिबार राष्ट्रिय गायक सुगम पोखरेलको प्रस्तुति रहेको थियो । महोत्सवको उद्घाटन विहीरबा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved