धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। भारतबाट घटेको मूल्य आएसँगै निगमले आज राति १२:०० बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाएको छ।
अब पेट्रोलको प्रति लिटर १ सय ८१ बाट घटेर १ सय ७८ रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ७८ बाट घटेर १ सय ७५ रुपैयाँ कायम भएको नेपाल आयल निगमले जनाएको छ। शुक्रबार एक विज्ञप्ति निकाल्दै निगमले मूल्य घटाएको हो।
हवाइ इन्धन (आन्तरिक र हवाइ इन्धन–बाह्य) को भने मूल्य घटाइएको छैन। हवाइ इन्धन १ सय ९० र हवाइ इन्धन बाह्य १.६४५ डलरमा बिक्री हुँदै आएको छ। एलपी ग्यास १ हजार ८ सयमा बिक्री हुँदै आएको छ। यस अघि पटक पटक मूल्य घटेर आएपनि निगमले मूल्य समायोजन गरेको थिएन।