ध्वजे डाँडामा शालिक अनावरण

  • पुस १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा / धनकुटाको सांगुरीगढीमा महागुरुहरुको शालिकको अनावरण गरिएको छ । साँगुरीगढी गाउँपालिका ५ डांडाबजार फुकदेन (ध्वजे डाँडां मा महागुरु फाल्गुनन्द, जयमान जवेगु र लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको हो । मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङबाट प्रतीक अनावरण गरिएको हो ।

महागुरुका चेला जयमान जवेगुको शालिक र किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लालप्रसाद जवेगूको शालिक अनावरण गरिएको छ । धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले शालिक अनावरण गरेका हुन् । मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान जवेगु किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूतिको रुपमा चिनिन्छन् ।

शालिक अनावरण कार्यक्रममा सेइङले किरातधर्ममा अमृत पिउन पाइने उल्लेख गरे । उनले खानपिनमा सुधार भएर सबै जना सत्यको बाटोमा लाग्नुपर्छ’ भन्ने सन्देश प्रवाह गरे, उनले भने–‘हामी माङसा हाङसाहरुले राक्षसी कर्म छोड्नुपर्छ ।’ माङसेवा गर्दा शुद्ध फलफूलले मात्र सेवा गर्न सबैलाई आग्रह गर्दै उनले भने ‘पवित्र फलफूलले सेवा गर्दा पनि माङ आउँछ, आशीर्वाद पाइन्छ ।’ पछिल्लो समयमा किरात धर्मावालम्बिको संख्या अत्याधिक बढ्दोक्रममा रहेको भन्दै सावायेहाङ किरातहरु एक हुनुपर्ने समय आएको उनले प्रष्ट पारे ।

यसैगरी महागुरु फाल्गुनन्दकालिन किरात माङहिममा अङसीमाङ तथा अङसीमामाङले विश्व शान्ति तथा मानव एकताका लागि माङसेवा गरेका थिए । संघीय सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समारोहको तर्फबाट अङसीमाङ तथा अङसीमामाङमा अभिनन्दन पत्र चढाइएको थियो ।

महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुले ध्वँजेडाँडामा महागुरु फाल्गुनन्द लिङ्देनको प्रतिमा स्थापनाका लागि शिलान्यास तथा अनुगमन गरेका थिए । कार्यक्रममा अङसीमाङ तथा अङसीमामाङ, गुरु सुपुत्र नाम्बिनहाङ लिङ्देन, गुरु निजी सचिव टंक लिङदेन, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, प्रदेश संसद निरन राई लगायतको उपस्थिति थियो ।

महागुरु फाल्गुनन्द लिङदेन तथा चेला जयमान चवेगु शालिक अनावरण समारोहका अध्यक्ष जयकुमार थेगिमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य दिलकुमारी थेगिमले राखेकी थिइन भने भगिहाङ नेम्बाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved