धरानका युवक चढेको मोटरसाइकल दुर्घटनामा पर्दा १० जना घाइते, डिजेल ट्यांकर र हाइस पनि ठोक्किए

  • कार्तिक १४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, यात्रुवाहक हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा धरानका एक युवासहित १० जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब १२ बजे जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित हेटौँडा–पथलैया सडकखण्डमा नेपाल आयल निगमको डिपो नजिक दुर्घटना भएको हो ।

अमलेखगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना।४ ख २३४९ नम्बरको डिजेल बोकेको ट्यांकरमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको ग।२ ख १९९३ नम्बरको हाइस ठोक्किएको थियो । सोही हाइसको पछाडिबाट धरानबाट हेटौँडातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको धरान उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय सरोज गुभाजुसहित ट्यांकर चालक, हाइस चालक र हाइसमा सवार यात्रुहरू घाइते भएका छन् । घाइतेमध्ये भारतीय नागरिकसमेत रहेका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको अमलेखगन्जस्थित स्थानीय अक्कल बहादुर कार्की मेडिकल तथा नोभाकेयरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि अवरुद्ध भएको सडक सुरुमा एकतर्फी सञ्चालन गरिएको थियो भने दिउँसो १ः५५ बजेदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अमलेखगन्जले जनाएको छ ।

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

मध्यराति प्रहरी देखे ...

देवानगञ्ज/ सुनसरीको देवानगञ्जमा भन्सार छली गरी भारतबाट ...

प्रहरीमाथि पेस्तोल त ...

धरान/ मोरङमा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले प्रहरीमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved