धनकुटा / धनकुटामा माघ पहिलो सातादेखी १ नं प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी हुने भएको छ ।
धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा धनकुटा महोत्सवको आयोजनासँगै औद्योगिक मेला र कृषि प्रदर्शनी गर्ने निर्णय गरेको हो ।
धनकुटा उद्योग बाणिज्य संघको बुधबार बेसेको बैठकले माघ पहिलो सातादेखी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं् धनकुटा महोत्सव गर्ने निर्णय गरेको संघका अध्यक्ष विजयी सन्तोषी राईले बताए । अध्यक्ष राइले आगामी माघ ६ देखी १६ गते सम्म धनकुटा महोत्सवसँगै प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी गर्न लागिएको जानकारी दिए । महोत्सवको आोजना टुडिखेलमा गरिने भएको संघका महासचिव राम वहादुर गोङ्वा तामाङले जानकारी दिए ।
महोत्सवलाई भव्य रुपमा सफल बनाउन संघका अध्यक्ष राईको अध्यक्षतामा १ सय १ सदस्यीय महोत्सव मुल आयोजक समिति गठन गरेको र २५ सदस्यीय सचिवालय समिति गठन गरिएको सचिव तामाङले जानकारी दिए ।
महोत्सवलाई सफल बनाउन व्यवस्थापन, प्रायोजन व्यवस्थान तथा समन्वय समितिमा अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्, उपाध्यक्षहरु खगेन्द्र विष्ट, कृष्णराज श्रेष्ठ, निर्मला राई, महासचिव गोङ्वा, सचिव श्रीराम रायमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ रहेका छन् ।
यसैगरी महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्न संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेको संयोजकत्वमा पूर्व अध्यक्षहरु रहेकोे अनुगमन समिति,सचिव श्रीराम रायमाझी संयोजक र सदस्यहरुमा सुनिता थापा,उज्वल कर्माचार्य ,नविन श्रेष्ठ,महेन्द्र थापा,देव विश्वकर्मा लगायत रहने गरि ९ सदस्यीय प्रचार प्रसार समिति, कोषाध्यक्ष रुपेश श्रेष्ठ संयोजक र डिजेश शाक्य, शोभा श्रेष्ठ,रेजिना पलिखे,विपिन थापा,उज्वल कर्माचार्य सदस्य रहेको आर्थिक व्यवस्थापन समिति र रिदम श्रेष्ठ संयोजक र रेवती प्रसाद अधिकारी र अम्विका धमला रहेको राष्टिय कलाकार समन्वय तथा संयोजन समिति गठन गरेको सचिव रायमाझीले जानकारी दिए ।
त्यस्तै संघका कार्यकारी सदस्य उज्वल कर्मार्चायको संयोजकत्वमा लिजा श्रेष्ठ, भिम लिम्बु ,नगेन्द्र काफ्ले रहेको स्टल निर्माण समिति गठन गरिएको छ । थप अन्य समितिहरु पनि निर्माण गरिने अध्यक्ष राईले बताए ।
महोत्सवलाई सफल बनाउन नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल सरकार, प्रदेश र जिल्लाका सवै स्थानीय सरकार र सरोकारवाला, विभिन्न संघ संस्थाहरुसंग समन्वय सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गरिने महासंघले जनाएको छ । धनकुटा उद्योग बाणिज्य संघले प्रत्येक ३–३ बर्षमा महोत्सव आयोजना गर्दै आएको छ । गत बर्ष भने कोरोना संक्रमणका कारण हुन सकेको थिएन ।